News Category 2082/06/28
अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर–राजविराज इजलाश गरी दुई तहका अदालतबाट न्याय पाएपनी फैसला कार्यान्वयन नहुँदा सप्तरीको शम्भुनाथ नगरपालिका ११ रामपुर जमुवाकी निलम देवी भगत र उनका परिवार यसरी न्यायको पर्खाईमा भौतारिएका छन् ।
पछिल्लो पटक प्रहरीकै अगाडी विपक्षिहरुले अदालतको आदेशको अवज्ञा गर्दै भगत परिवारले आफ्नो स्वामित्वमा रहेको जग्गाको सुरक्षाका लागि गरेको घेरवार भत्काएर उदण्डता देखाएका छन् ।
सो वडामा भगत परिवारको नाममा रहेको कित्ता नं. २३८ को १ विगहा ८ कठ जग्गामा काटेतार र सिमेन्टको पिलर लगाएर घेरवार गर्न खोज्दा प्रहरीकै अगाडी विपक्षिहरुले भत्काई दिएका हुन् ।
अदालतको आदेश कार्यान्वयन गराउन सोमबार प्रहरी समेतको साथ लिई पुगेका भगत परिवारलाई विपक्षि ब्रह्मदेव गुप्ता भगत, वलिफ चौधरी, कुवेर भन्ने ह्दय चौधरी, बहुरी भगत, राजकुमार साहसहितका अगुवाईमा आएको समूहले गालीगलौज मात्र गरेनन् । घेरवार गरिएका सिमेन्टका पिलरहरु समेत भत्काई दिएको पीडित निलम देवी भगतकी छोरी सरिताले बताइन् । यति मात्र होइन ।
उक्त समूहको अराजक गतिविधि क्यामरामा कैद गरिएका पत्रकार एवं नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझीमाथी दुव्र्यहार गर्नुका साथै क्यामरा समेत फुटाइदिएका छन् । पत्रकार माझीले आक्रमणमा संलग्न ह्दय चौधरी, नारायण खंग, ब्रहमदेव भगत लगायतका व्यक्तिविरुद्ध मंगलबार कुटपिट तथा अभद्र व्यवहारमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् । मुद्दा दर्ता भई उनीहरुको खोजीकार्य भइरहेको प्रहरी उपरिक्षक गौतम कुमार केसीले जानकारी दिए ।
यस्तै मंगलबार नै भगत परिवारले आफ्नो स्वामित्वको जग्गा संरक्षणमा अवरोध पु¥याउने घेरवारमा प्रयोग गरिएका संरचनाहरु भत्काउने र गाउँमा सुरक्षित साथ बस्न नदिनेहरु उपर कडा कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको सरिता भगतले बताइन् ।
प्रहरी उपरिक्षक केसीले अदालतको आदेश पालना गराउन प्रहरी प्रतिबद्ध रहेको तथा पीडित पक्षलाई उचित न्याय दिलाउने गरी काम अघि बढाएको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ