News Category 2082/06/27
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
सप्तरी प्रहरीले चोरीका चार मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. १० का शिवनन्दन यादव, वडा नं. ११ अजयकुमार यादव तथा सोही पालिकाको वडा नं. १५ का अनिलकुमार यादव, राजनारायण यादव, सचिन यादव र गजेन्द्र यादव छन् । यस्तै उदयपुरको बेलका नगरपालिका ९ का गणेश बहादुर विश्वकर्मा पनि पक्राउ परेका छन् ।
अघिल्लो दिन साँझ पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थपिएपछी सोमबार प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
प्रहरी नायब उपरिक्षक गौतमकुमार केसीले उनीहरुको साथबाट चोरीमा प्रयोग गरिने उपकरण तथा चोरीका चार वटा मोटरसाइकल बरामद भएको छ । बरामद मोटरसाइकल आवश्यक प्रक्रिया पश्चात् सम्बन्धित मोटरसाइकल धनीलाई बुझाउने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
जिल्लाको विभिन्न स्थानबाट पाँच वटा मोटरसाइकल चोरी भएको उजुरीको आधारमा खोजतलास कार्यलाई व्यापक बनाइएपछी चार वटा मोटरसाइकल बरामद गर्न सफल भएको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ