News Category 2076/04/16
जनप्रतिनिधि स्वार्थको भावना त्यागेर जनता सेवामा समर्पित होऊ
मुलुकमा स्थायी सरकार निर्माण हुनुका साथै तीनै तहको सरकारले आफ्नो कामकाज सुरु गरेपछि जनताले विकासको अनुभूति पाउने उपेक्षा गर्नु सकारात्मक पक्ष हो । तीनै तहको सरकार संघीय, प्रदेश र स्थानिय मध्ये स्थानिय सरकारसँग जनताले निकै अपेक्षा गरेको छ । तर, अहिले सबै भन्दा बढी बेखबर र दायित्वहिन स्थानिय सरकार नै भएको छ । जनताको सुख दुःखमा स्थानिय सरकारले जुन प्रकारको भूमिका खेल्नु पर्ने हो त्यस अनुरुप प्रस्तुत हुन सकिरहेको छैन् । जनताकै मतबाट चुनिएका जनप्रतिनिधिहरु अहिले स्वार्थमा विलिन भएका छन् । उनीहरु जनताको घरदैलोमा जानुको साटो जनता नै उनीहरु कहाँ पुगेर विभिन्न समस्या सुनाउने गरेका छन् । तर, ती समस्याको समाधानका साटो जनप्रतिनिधीहरु उल्टै जनतामाथी नै जाई लाग्ने गरेका घटनाहरु बारम्बार सुन्ने गरिन्छ । यति मात्र नभएर विकासीय कार्यप्रति उदासिनता भएका छन् जनप्रतिनिधीहरु । मात्र उनीहरु ब्यक्तिगत रुपमा लाभ लिनेमा लागिपरेका छन् ।
स्थानियस्तरमा अहिले पनि विभिन्न समस्याहरु विद्यमानै छन् । जस्तै बाटोघाटोको समस्या, बिजुली बत्तिको समस्या, विभिन्न भौतिक पूर्वाधार निर्माण सम्बन्धी, विद्यालयका समस्या लगायत । सप्तरी सदरमुकाम राजविराजका अधिकांश सडकहरुको हाल बेहाल छ । सामान्य वर्षा हुँदा समेत नगरको वडाका सडकहरु हिलाम्मे हुनेगरेको छ । तर, नगरपालिकादेखी वडाका जिम्मेवार प्रतिनिधिहरु त्यसतर्फ ध्यान दिन नसक्दा स्थानियहरुलाई सास्ती व्यहोर्नु परिरहेको छ । राजविराज वडा नं. ८ को हिमालय टोल पस्ने मूल सडकको अवस्था भने कसैसामु लुकेको छैन् । झण्डै ४० वर्षको अवधीमा यो सडकखण्ड व्यवस्थित हुन सकेको छैन् । यस सडक खण्डमा वर्षाको पानी निकासका लागि नाला निर्माण भएको छैन् भने सडक कच्चि नै छ । सुख्खायाममा धुलोमय र वर्षाका हिलोमय हुने कारणले जिर्ण बन्न पुगेको छ । यती मात्र नभएर सडक अतिक्रमण गर्ने दिनहुँ बढ्दै जाँदा सडक साँघुरो बनेको छ ।
त्यस्तै वडा नं. १ को बटो झनै जिर्ण अवस्था रहेको छ । वडा नं. ७ को अवस्था पनि मिल्दो जुल्दो छ । यसैगरि नगरको भौतिक संरचना, सडक, पेटी लगायत मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएको छ । यता जिल्लामा भएका सडकहरुको अवस्था कहाली लाग्दो रहेकै छ भने नभएको स्थानमा त कुरो छोडांै । भएका सडकहरु पनि सामान्य पानी पर्ने बित्तिकै पोखरीमा परिणत हुनु अत्यन्त दुःख लाग्दो अवस्था रहेको छ । तसर्थ जनप्रतिनिधिहरुले यस्ता समस्याप्रति ध्यान दिननसक्नु र जनताको सेवामा समर्पित हुननसक्नु प्रवृतिले पक्कै पनि जनताको अपेक्षामाथी कुठाराघात भएको छ । त्यसैले त्यस्ता प्रवृतिलाई त्यागेर सक्रिय भूमिका निर्वाह गर्नु आजको आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ