छिटोछरितो एव्र सरल तरिकाले सेवा दिन तत्परता देखाउनु जरुरी 2079/02/18 मुलुकमा संघीयता आएपछि दोश्रो स्थानिय तह निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएपछि सबै स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यभार समेत सम्हालिसकेका छन् । कार्यभार सम्हालेपछि अधिकांश जनप्रतिनिधिले विकासको मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । उनीहरुले सहर, गाउँ तथा वडाको सरसफाईलाई पनि प्राथमिकतामा राख्दै जनतालाई सरसफाईप्रति सहजता प्रदान गर्न महत्वकाक्षी योजना अघि सारेका हुन् । पुरानो जनप्रतिनिधिहरुले अधुरा गरेका कामहरुलाई पनि पुरा गर्ने उनीहरुले जनता समक्ष वाचा गरेका छन् । ..... विस्तृत
व्यापारीहरुको अपेक्षालाई परिणाममूखी बनाउनु नयाँ कार्यसमितिको दायित्व  2078/08/05  उद्योग बाणिज्य संघ सप्तरीले नयाँ नेतृत्व पाएको छ । त्यो पनि पूर्ण बहुमतका साथ । १४ सदस्यीय कार्यसमितिमध्ये १२ पदाधिकारी एउटै समूहका निर्वाचित भएका छन् । निवर्तमान कार्यसमितिले आफ्नो तीन वर्षको कार्यकाललाई लम्ब्याएर सात वर्ष पु¥याएको थियो । सात वर्षे अवधीको समितिमा रहेका उपाध्यक्ष शंकर दासले आफ्नै नेतृत्वमा निर्वाचन लडे । तर उनी पराजित हुन पुगे । पुराना उद्योगि लालु प्रसाद अग्रवालले अत्याधिक मतबाट निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिमा पूर्ण बहुमत रहेको छ । सो कार्यसमितिमा अधिकांश यूवा उद्योगि व्यापारीहरु नै रहेका छन् ।  .... विस्तृत

 

ताजा अपडेट