News Category 2079/02/18
छिटोछरितो एव्र सरल तरिकाले सेवा दिन तत्परता देखाउनु जरुरी
मुलुकमा संघीयता आएपछि दोश्रो स्थानिय तह निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएपछि सबै स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यभार समेत सम्हालिसकेका छन् । कार्यभार सम्हालेपछि अधिकांश जनप्रतिनिधिले विकासको मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । उनीहरुले सहर, गाउँ तथा वडाको सरसफाईलाई पनि प्राथमिकतामा राख्दै जनतालाई सरसफाईप्रति सहजता प्रदान गर्न महत्वकाक्षी योजना अघि सारेका हुन् । पुरानो जनप्रतिनिधिहरुले अधुरा गरेका कामहरुलाई पनि पुरा गर्ने उनीहरुले जनता समक्ष वाचा गरेका छन् ।
यसरी विकासका मुद्दालाई अघि सार्दै उनीहरुले शिक्षा र स्वास्थ्यलाई केही हदसम्म प्राथमिकतामा राखेको देखिन्छ । हुन पनि हो शिक्षा र स्वास्थ्य जनताको पहिलो प्राथमिकता हो तर अधिकांश जनप्रतिनिधिहरुले त्यसलाई उपेक्षा गरेको देखिन्छ । शिक्षा र स्वास्थ्यका साथ साथै विकासको मुद्दा पनि प्राथमिकतामा पर्न जान्छ । विकास भन्ने कुरा एकै दिनमा नहुने कुरा हो । तर त्यसलाई पंचवर्षिय योजनामा राख्न सके भने त्यसमा सुधार आउने निश्चित छ । तर, शिक्षा र स्वास्थ्यमा परिवर्तनका लागि त्यतिको समय चाहिदैन् । कीन भने शिक्षा र स्वास्थ्यको मेरुदण्ड रहँदै आएको छ । मात्र त्यसलाई थोरै भएपनि पनि परिचालन, अनुगमन र निगरानी गर्न सकिए त्यसले सकारात्मक परिणाम ल्याउन सक्छ ।
शिक्षा, स्वास्थ्य र विकास बाहेक अन्य कार्यहरुमा जनप्रतिनिधिहरुको ध्यान पुगोस् । जस्तै जनचेतना, भएका साधनश्रोतहरुको सही परिचालन, कार्यालय व्यवस्थापन लगायतका । तसर्थ यी कार्यहरुबाहेक जनप्रतिनिधिहरु थोरै पनि चनाखो भएमा नगर वा वडा कार्यालयहरुबाट जनताले पाउने निशुल्क सेवा, विभिन्न घटना दर्ता, सिफारिस लगायतका कार्यलाई छिटोछरितो एवं सरल तरिकाले सेवा दिन तत्परता देखाउनु जरुरी छ । अनि मात्र जनताको मतको कदर हुने कुरामा दुईमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ