News Category 2078/09/06
स्थानिय सरकारको अनुभूती दिलाऊ
विगत तीन दिनदेखी चिसो बढ्दै गएको छ । यता चिसो बढेसँगै पुनः कोरोनाको त्रास समेत बढ्दै गएको छ । एक त चिसो त्यसमा पनि कोरोनाको त्रासले गर्दा जनजिवन प्रभावित भएको छ । चिसोका कारण गरिब, निमुख्खा जनताहरु न्यानो कपडाको पखाईमा छन् । उनीहरुका लागि स्थानिय तहले न्यानो कपडा तथा चिसोबाट बच्नका लागि अन्य प्रबन्ध मिलाउने आश्वासन दिनुका साथै बजेट समेत छुट्याएका छन् । तर, अहिलेसम्म स्थानिय तह आफ्नो प्रतिबद्धताप्रति बेखबर छन् भने बजेटलाई कुन प्रकारले प्रयोगमा ल्याउने बारे ध्यान दिनसकेका छैनन् ।
यसरी गरिब जनता चिसो छल्न अरुकै मुख ताकिरहेको अवस्था छ भने कोरोनाको कहर पुनः बढ्न सक्ने सम्भावनाप्रति विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन सबैलाई अपील गरेको छ । यस्तो अवस्थामा स्थानिय तहहरुले चिसो र कोरोनाको बढ्दो त्रासप्रति सतर्कता अपनाउन हालसम्म कुनै ठोस नीति अवलम्वन गर्न सकिरहेका छैनन् । जोखिम बढ्दै जाने अवस्थामा मात्र उनीहरु आफ्नो हाउभाउ देखाउने पुरानो बानीलाई सुधार गर्न सकेको अवस्था छैन् ।
तसर्थ चिसो र कोरोना दुबैबाट जनतालाई बचाउन स्थानिय सरकार गम्भिर हुनु आवश्यक छ । यसप्रति स्थानिय सरकारले जनताप्रति उत्तरदायित्व बहन गर्न सक्नुपर्छ । अनि मात्र जनतालाई स्थानिय सरकारको अनुभूती हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ