News Category 2082/12/18
चैते धानबालीको उत्पादनमा वृद्धि हुने
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
सप्तरीमा यस पटक चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३ सय हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको जनाइएको छ ।
यस आर्थिक वर्षमा ३ हजार १ सय हेक्टर जग्गामा चैते धानबाली लगाइएकोले १४ हजार ७ सय ८७ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिए ।
जिल्लामा अहिले पनि किसान खेतमा चैते धानबाली लगाइ नै रहेकाले अझैं तथ्याङ्कमा वृद्धि हुने उनले बताए । चेतै धान उत्पादनका लागि उपयुक्त हावापानी भएकाले गत वर्षभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको राउतले जनाए ।
अहिले पालिकाहरुले किसानका लागि खेतमै विजुली पु¥याएको कारण वोर्डिङ्ग, स्यालो टुवेलबाट सिँचाई सहज भएकाले पनि चैते धान खेती प्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाई छ ।
सप्तरीको १८ वटा पालिका मध्ये सबैभन्दा बढी चैतै धान उत्पादन छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वोदे बरसाईन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिकामा हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
गत आर्थिक वर्षमा २ हजार ८ सय हेक्टर जग्गामा लगाइएको चैते धानबालीबाट १३ हजार ३ सय ५६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ