News Category 2082/12/17
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका काजमा रहेका पाँच चिकित्सकलाई एकै पटक दरबन्दी रहेकै अस्पतालमा फिर्ता पठाएको छ ।
मन्त्रालयको चैत १६ गतेको बैठकले काजमा रहेका उक्त अस्पतालका पाँचसहित अन्य अस्पतालका गरि १४ जना चिकित्सकलाई दरबन्दी रहेकै अस्पताल फिर्ता पठाएको हो ।
काज फिर्ता हुने चिकित्सकहरूमा अधिकृत दशौं तहका वरिष्ठ कन्सल्टेन्ट इ.एन.टी. सर्जन डा. रोहिता बज्राचार्यलाई भरतपुर अस्पतालबाट गजेन्द्रनारायण सिंह अस्पताल, अधिकृत नवौं तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. जोसनलाला बज्राचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशबाट गजेन्द्रनारायण सिंह अस्पताल, अधिकृत नवौं तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशाल कुमार देवलाई कोशी अस्पताल विराटनगरबाट गजेन्द्रनारायण सिंह अस्पताल, अधिकृत नवौं तहका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लम्बिनी प्रदेशबाट गजेन्द्र नारायण सिंह अस्पताल र अधिकृत नवौं तहका कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. सुशील समदर्शीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशबाट गजेन्द्रनारायण सिंह अस्पताल फिर्ता पठाइएको छ । उनीहरू हालका अस्पतालहरूमा काजमा रहेका थिए ।
यी पाँच चिकित्सकहरुको काज फिर्ता भएसँगै गजेन्द्र नारायण सिंह अस्पतालमा अब वरिष्ठ कन्सल्टेण्ट इ.एन.टी. सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट र कन्सल्टेन्ट साइक्याट्रिष्ट रहने छ ।
त्यसैगरी डडेल्धुरा अस्पतालका लागि चार जना चिकित्सकलाई काज फिर्ता गरिएको छ। जसमा डा. सन्तोष कुमार गुप्ता सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालयबाट डडेल्धुरा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. मिसन्ता शर्मा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. सुयोग्य वाग्लेलाई डडेल्धुरा अस्पतालका लागि रेफर गरिएको हो ।
यस्तै नारायणी अस्पताल पर्साका लागि भने पाँच जना चिकित्सकलाई काज फिर्ता गरी सोही अस्पताल खटाइने भएको छ । जसमा राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालबाट डा. सोनिकाधरी श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. संजोग तिमिल्सिना, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट डा. अरुण ज्ञवाली, स्वास्थ्य सेवा विभाग टेकुबाट डा. मुकेश पौडेल र कान्ति बाल अस्पतालबाट डा. दिपेश भट्टराईलाई काज फिर्ता गरिएको छ । मन्त्रालयका अनुसार उनीहरू स्वास्थ्य सेवातर्फका नवौँ र दसौँ तहका कर्मचारी अन्तर्गत पर्छन् ।
विशेष गरी डडेल्धुरा, नारायणी उपक्षेत्रीय अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालको सेवालाई प्रभावकारी बनाउने भन्दै काज फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ