News Category 2082/12/18
सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
चैत १९ गते बिहीबारदेखी हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सप्तरीबाट ९ हजार २ सय ७६ जना विद्यार्थी सहभागी हुदैछन् ।
यस पटकको एसईई परीक्षामा ४ हजार ६ सय १६ छात्र र ४ हजार ६ सय ५३ छात्रा गरि कुल ९ हजार २ सय ६९ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ । जिल्लामा सामुदायिक र संस्थागत गरी १ सय ६२ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख शशी यादवले जानकारी दिए ।
परीक्षालाई मर्यादित र सफल बनाउन ३९ वटा परीक्षा केन्द्रका लागि ३९ केन्द्राध्यक्ष, ४३ सहायक केन्द्राध्यक्ष, ४ सय ४६ निरिक्षक, ७५ परीक्षा सहायक र १ सय ६३ कार्यालय सहयोगी खटाईएको उनले बताए ।
परिक्षा केन्द्रको सुरक्षामा ५ सय ८५ जना सुरक्षाकर्मीसहित १ हजार ३ सय ५१ जना कर्मचारी खटाईएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष बिहीबारदेखि देशभर एकैसाथ सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।
यता यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ ।
सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
यस्तै यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् । जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ