News Category 2082/12/19
मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
नवीनकुमार गुप्ता
राजविराज, १९ चैत ।
मौसम परिवर्तका कारण आँपको उत्पादनमा कमी आउने भएको छ भने हावाहुरी र वर्षाले गहुँ बालीमा क्षति पुगेको छ ।
गत शुक्रबार हावाहुरी र वर्षा आउनु केही दिन अघि मौसम परिवर्तन भएकोले मधुवा किराका कारण आँपको उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
सुरुमा आँपको उत्पादनमा वृद्धि हुने अनुमान गरिए पनि गत साता भएको मौसम परिवर्तनले आँपको मन्जरीमा मधुवा किरा लागेर झेरपछी उत्पादनमा केही कमी आउने कृषि ज्ञान केन्द्रका प्रमुख रोशन मेहताले जानकारी दिए ।
“मौसम परिवर्तनले मन्जरीमा मधुवा किरा लागेको र हावाहुरीसँगै भएको वर्षाले केही टिकुला झरेको छ” उनले भने, “व्यवसायीक रुपमा आँपको खेती गर्ने किसानले मन्जरी लागेसगै औषधी छर्केकोले उनीहरुको बचेको छ ।”
जिल्लाको उत्तरी भेगमा आँपको व्यवसायिक खेति गर्ने गरिएकाले विगतमा त्यहा आँपको उत्पादन रामै हुने गरेको तर यस त्यसतर्फ पनि यस पटक आँपको उत्पादनमा कमी हुने प्रमुख मेहताको आशंका छ । उनले भने, “शहर बजारमा रहेका आँपको मन्जरी मधुवा किराले खाएको र आँपको टिकुला हावाहुरीमा झर्दा उत्पादनमा कमी आएपनि ग्रामिण भेगमा गरिने व्यवसायिक आँपको खेतिका कारण केही राहत मिल्ने छ ।”
जिल्लामा यस वर्ष विगतको तुलनामा बढी आँपको बोटमा मन्जरी लागेको थियो । गत वर्ष आँपका लागि ‘अफएयर’ अर्थात् नफल्ने वर्ष थियो र यस वर्ष ‘अनएयर’ अर्थात् फल्ने वर्ष भएकोले उपादकत्वमा केही बृद्धि हुन सक्ने उनको भनाई छ ।
गत वर्ष ६४ हजार ३ सय ७३ मेट्रिकटन आँपको उत्पादन भएकोमा यस वर्ष ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको केन्द्रका योजना अधिकृत किशुनदेव राउतले जानकारी दिए । कूल ८ हजार २ सय ५३ हेक्टर जमिनमा आँपको बोट रहेको जिल्लामा चालु आ.व. २०८२÷०८३ मा ७० हजार मेट्रिकटन उत्पादकत्व हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रूपमा पनि चिनिएको सप्तरीको भौगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।
मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि रामै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट मानिएको छ । यहाँको मालदह, बम्बई, कलकतीया, अम्रपाली, मल्लिका र गुलाव खास आँप स्वादिलो हुने भएकाले अनयन्त्र जिल्लामा पनि ती आँपहरूको ठुलो माग रहिआएको छ ।
यस्तै गत शुक्रबार राति आएको हावाहुरी र भएको बर्षाले गँहुबालीमा क्षति पुगेको हो । एक साताको अवधिमा दुई पटक हवाहुरी संगै भएको बर्षाले गहुँबाली भित्र्याउने आशमा बसेका सप्तरीका किसान चिन्तित देखिएका छन् । मुख्य रुपमा किसानले गँहुबाली भित्र्याउने चैत महिना हो ।
सप्तरीमा धान सबैभन्दा बढी उत्पादन हुने र दोस्रो बाली हो गहुँ । यसपालि कार्तिक महिनामा भएको बर्षाका कारण गँहुको विउ ढिलो गरी खेतमा छरिएको कारण चैत महिनाको अन्त्यतिर मात्र भित्र्याउने समय पुग्ने हुँदा अहिलेको बर्षाले बालीमा क्षति पु¥याएको छ ।
चैत र बैशाख महिना हावाहुरी, असिना र बर्षा हुने समय हो, अझै पनि बर्षा हुने कि भन्ने चिन्ताले सताएको छ रुपनी गाउँपालिका ४ का किसान धनिचन्द मंडललाई । उनले पानि परेको कारण सोचे जस्तो गहुँबाली भित्र्याउन नसक्ने बताए ।
सप्तरीमा यस वर्ष ३५ हजार हेक्टर क्षेत्रफल खेती योग्य जग्गामा गहुँबाली लगाइएको योजना अधिकृत राउतले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ