News Category 2083/02/08

सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा

दैनिक समाचारदाता

सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    सप्तरीको सुरूङ्गा नगरपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । 
    “वालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरूगांको आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गिता चौधरीले बाल मैत्री वडा घोषणा पत्र २०८३ वाचन गर्दै बालमैत्री स्थानीय शासन वडा घोषणा गरेकी हुन् । 
    बालमैत्री स्थानीय शासन वडा समिति सुरुङ्गा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. २ ले सरकारले तोकेका सबै आवश्यक सूचक पूरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको जानकारी वडा कार्यालयले जनाएको छ । 
    घोषणा कार्यक्रममा उपनगरप्रमुख रूद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत बिकास सुन्दास, वडा नं. ४ का वडा अध्यक्ष देवेन्द्र चौधरी, वडा नं. ७ का वडा अध्यक्ष शिवनारायण चौधरी, हिरा चौधरी, फुलकुमारी राम, वडा नं. २ का सदस्य दुर्गा चौधरी, सेभद चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्की, सबल नेपालका उपाध्यक्ष भुपेश साह, कार्यक्रम संयोजक रोशन मण्डल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा बाल कल्याण अधिकारी रिंकु कुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट