News Category 2078/06/17
सडकको अवस्थाप्रति कीन सबै मौन !
राजविराजमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा सडकको भएको छ । नगरपालिका क्षेत्र भित्रका अधिकांश सडकको हाल बेहाल भएको छ । कुनै पनि सडकमा निर्धक्क रुपमा हिडडुल गर्न सक्ने अवस्था छैन् । सबै सडक वर्षाका कारण हिलाम्मे बनेको छ । यति मात्र नभएर सडकमा भएको खाडलखुडलले बटुवालाई झनै समस्यामा पारेको छ । नगर क्षेत्र भित्रका सडकहरु नयाँ निर्माणका लागि भत्काइएको छ भने नाला निर्माणका लागि खाल्डो खनिएको छ । तर, पुरानो सडकहरुको अवस्था भने जिर्ण हुँदा अहिलेसम्म सम्बन्धीत निकायको ध्यान पुग्न सकेको छैन् । सो सडकमा ठूला ठूला खाल्डो भएको छ । जसकारण सवारीसाधन गुड्न आफ्ठ्यारो पर्ने गरेको छ ।
पुरानो तथा जिर्ण सडकको खाल्डो पुर्ने नाममा टुक्रा इटा हालिएको छ । वर्षाले इटा हालिएको सडक झनै हिलाम्मे भएको छ । सावारीसाधनलाई गुड्न त परै जाओस् पैदल हिड्ने यात्रीहरुलाई चिप्लिने डर त्यतिकै छ । यसरी सडकको हाल बेहाल हुँदा कुनै निकाय त्यसतर्फ गम्भिर बन्न सकेका छैनन् । राजविराज रुपनी सडक खण्डको अवस्था बर्णन गर्ने लायक छैन् । यस सडकखण्डको ठाउँ ठाउँमा सडक भत्किएको छ भने दिनहुँ दुर्घटना हुने गरेको छ । सवारी साधनहरु सोही खाल्डोमा फस्ने गरेको तथा पैदल यात्रीहरु हिलोहुँदै चिप्लिने डरका साथ बाटो काट्न बाध्य छन् ।
यति हुँदा समेत सकड डिभिजन कार्यालय, संघन सहरी विकास तथा राजविराज नगरपालिकाको अस्थायी रुपमा कम्तिमा हिड्ने लायकको बाटो बनाउने तर्फ ध्यान पुगेको छैन् भने स्थानिय पनि सडकको दुर्दशा बारे बोल्न सकिरहेका छैन् । यो राजविराज नगरपालिकावासीका लागि ठूलो विडम्बना हो । यति हुँदा पनि जनता जागरुक हुन सकिरहेका छैन् । कतैबाट दबाब समेत सृजना भएको देखिन्न । तसर्थ यस्ता स्थानिय समस्याप्रति सबै जागरुक हुनु आवश्यक छ भने सम्बन्धीत निकायले जनताको समस्याप्रति गम्भिर हुनु पनि त्यतिकै आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ