News Category 2078/07/14
तरकारीमा समेत मूल्य बृद्धि हुँदा अनुगमन समिति मौन
चावपर्वको आगमनसँगै अहिले राजविराजमा दैनिक उपभोग्य बस्तुसँगै तरकारीको मुल्य समेत आकाशिएको छ । दशैं अगाडी ती बस्तुहरुको मुल्यमा थारै बृद्धि भएपनि अहिले तिहारको आगमनसँगै मुल्य अकाशिएको हो । दैनिक उपभोग्य बस्तु चामल, दाल, खाने तेल लगायत अन्य बस्तुहरुमा मुल्य अत्याधिक बृद्धि भएको छ । केही दिनअगाडी सम्म सामान्य मुल्य बृद्धि भएपनि अहिले हवात मुल्य बृद्धि भएपछि उपभोक्ताहरु मारमा परेका छन् ।
यस्तै हरियो सागसब्जी तथा तरकारीहरुमा मुल्य भने झण्डै तेब्बर बृद्धि भएको छ । २० रुपैया किलोमा पाउने आलु अहिले ४५ पुगेको छ भने काउलीको मुल्य २ सय माथी पुगेको छ । यस्तै प्याज ३० रुँपैया किलो पाउने अहिले ८० पुगेको छ । कुनै पनि तरकारी एक सय रुँपैया किलो भन्दा कम छैन् । यता हरियो तरकारीमा साग भने ३५ रुँपैया पाउकै भएको छ । यसरी हेर्दा सागको मुल्य झण्डै डेढ सय किलो पुगेको छ । यो मुल्य एउटा दुई छाक कमाएर खाने व्यक्तिका लागि अत्याधिक हो भने मध्यम वर्गका लागि पनि नौलो भएको छ । यसरी सबै थोकमा मुल्य बृद्धि भएपछि उपभोक्ताहरुको दैनिकी बजेटले भ्याउन सकिरहेको छैन् । बजार अनुगमन टोलीको भुमिका भने शुन्य देखिएको छ । मात्र नामको अनुगमन टोलीको यसतर्फ ध्यान पुग्न सकेको छैन् । उपभोक्ता मारमा पर्दा समेत सम्बन्धीत निकाय मौन रहेको छ ।
तसर्थ यस्ता कृतिम मुल्य बृद्धितर्फ सम्बन्धीत निकायको ध्यानाकर्षित हुुनु आवश्यक छ भने दोषिमाथी कारवाही गर्न पनि उत्तिकै जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ