News Category 2078/07/14
वर्षमा एक चोटी गर्ने काम दिनहुँ गर्ने बानी बसालौं
हरेक वर्ष चाड पर्व नजिकिदै जाँदा विभिन्न स्थानको सरसफाइदेखी सार्वजनिक स्थानमा रहेको बिजुली बत्तिको मर्मत गर्ने कामलाई प्राथमिकतामा राखि गर्ने गरिन्छ । विशेष गरि यो कार्य दशैं र तिहारको आगमनसँगै गर्ने गरिन्छ । वर्षको बाँकी रहेको एघार महिना त्यस्ता कार्यलाई प्राथमिकतामा राखिएको देखिन्न् । ती समयमा स्थानिय जनप्रतिनिधिहरु गोष्ठी, सेमिनार, बजेट बनाउन तथा विभिन्न पंचायतीमा बढी समय खर्च गरेको देखिन्छ । त्यस्तै विकासीय कार्यको समय नै तोकिएको हुन्छ । त्यो हो असार महिना । साल तमामीको यस महिनामा जनप्रतिनिधिहरु हतार हतारमा बजेट सकाउन पनि विकासीय कार्यमा जोड दिएको देखिन्छ । हुन त यो बानी सानै देखी लागेको हो । विगतका वर्षहरु देखी नै यस्ता कार्यलाई निरन्तरता दिएको देखिन्छ ।
तर अहिले समय परिस्थिति बदलिएको छ । अहिलेको समयमा मानिसहरु सबै भन्दा बढी स्वास्थ्यमा ध्यान दिने गरेका छन् । आधुनिकतासँगै विभिन्न खाले रोगहरुको पनि आवगमन भएको छ । यस्ता रोगहरुलाई परास्त गर्न सरसफाई नै हो । सरसफाईको नाममा स्थानिय तहले बजेट त छुट्याउँछन् तर, त्यसको उपयोग कागजी काममै गरेको पाइएको छ । कागजमै सरसफाईको काम गरेर बजेटलाई मिलान गर्ने काम पनि गरेको पाइएको छ । वर्षमा एक पटक मात्र सरसफाई गरेर हुन्छ त ! के जनतालाई चाडपर्वमा मात्र सरसफाई चाहिन्छ ! यो एउटा गम्भिर विषय हो । सरसफाई भन्ने कुरा दिनहुँ हुनुपर्दछ । सरसफाई भएका अधिकांश रोगहरु आफै उन्मूलन हुनपुग्छ । एकै पटक गर्ने सरसफाइलाई दिनहुँ गर्न सकिए पक्कै पनि यो कार्य गर्न कठिनाई हुँदैन् । यस्तै वर्षमा एक पटक बिजुलीको पोलहरुमा बत्ति जडान गर्ने कुरा पनि सुहाउँदो होइन् । एक महिना बत्ति बल्ने अनि बाँकीको समय अध्यारोमै बस्ने यो कतिको जायज हो ? हो यस्ता विषयमा जनप्रतिनिधिहरुले मनन् गर्नै पर्छ ।
जनताको मतबाट निर्वाचित जनप्रतिनिधीहरुले यस्ता कार्यहरुका लागि दुरगामी नीति बनाएर अगाडी बढेमा पक्कै पनि सजिलो र जनतालाई जवाफ दिन सजिलो हुन्छ । तर, यस्ता कार्य गर्नका लागि उनीहरुले सीमित महिना नै तोकिसकेका छन् । तसर्थ यस्ता विषयलाई गम्भिरतापूवर्क मनन् गरेर दिनहुँ गर्ने परिपाटी बसाल्नु नै जायज हुनेछ । अनिमात्र जनप्रतिनिधीहरुको कदर पनि हुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ