News Category 2082/07/09
संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी निर्वाचनकै पक्षमा रहेपनि संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने सुझाव दिएका छन् ।
प्रेस जनमत संघले आइतबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले यस्तो सुझाव दिएका हुन् ।
संविधान संशोधन नगरी निर्वाचनमा जाँदा अहिलेको आन्दोलनले देशमा परिवर्तन नभई मात्र २०८४ मा हुने निर्वाचनको मिति त्यसअघि नै सारेको जस्तो हुने बताए ।
गत भदौं २३ र २४ गते भ्रष्टाचार र सुशासन बिरुद्ध जेनजीले गरेको आन्दोलनका कारण मुलुकमा मात्र सत्ता परिवर्तन भएको उल्लेख गर्दै उनले भने, “अहिलेको निर्वाचन पुरानै ढाँचाको रहेको छ, २०८४ मा हुने निर्वाचनको मिति मात्र फरक भएको हो ।”
जेनजीले उठाएको माग पनि सम्बोधन गर्न संविधान संशोधनमा जोड दिदै डा. राउतले संविधान संशोधन भए मात्र जेनजी पुस्तासहित आदिवासी जनजाती, मुस्लिम, पिछडा वर्ग, मधेशी लगायत सिमान्कृत वर्ग सबैको अधिकार समेत सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
पछिल्लो पटकको आन्दोलनपछि अहिले जेनजी पुस्ता आफै आधा दर्जन समूहमा तथा राजनीतिक पार्टी पनि विभाजित अवस्थमा पुगेको उल्लेख गर्दै उनले यस्तै अवस्थामा निर्वाचन भए देशको दुई वटा पार्टी मिली चुनाव लडे फेरी सत्ता उनीहरुकै हातमा पुग्ने आशंका व्यक्त गरे ।
विगतमा मलुकमा विभिन्न सरकार बिदेशिकै इसारमा ढल्ने र बन्ने गरेको आरोप समेत लगाउँदै डा. राउतले आफ्नो पार्टी पनि सोही इसारामा विभाजन भएको इंगित गरे । वर्तमान संविधानमा व्यापक त्रृटी रहेको दाबी गर्दै डा. राउतले यसलाई संशोधन गर्नुपर्नेमा जोड समेत दिए ।
गत चुनावमा जनमत पार्टीले १० लाख युवालाई रोजगार दिने एजेन्डाप्रति संचारकर्मीहरुले सोधेको जवाफमा उनले भने, “यो एजेन्डा पुरा गर्न जनमत पार्टी लागिपरेको छ, यसमा केही समय लाग्न सक्छ तर, जनतासँग गरिएको वाचा पुरा गर्न आगामी निर्वाचनमा पनि यही एजेन्डा लिएर हामी अगाडी बढ्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ