News Category 2082/07/09
संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी निर्वाचनकै पक्षमा रहेपनि संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने सुझाव दिएका छन् ।
प्रेस जनमत संघले आइतबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले यस्तो सुझाव दिएका हुन् ।
संविधान संशोधन नगरी निर्वाचनमा जाँदा अहिलेको आन्दोलनले देशमा परिवर्तन नभई मात्र २०८४ मा हुने निर्वाचनको मिति त्यसअघि नै सारेको जस्तो हुने बताए ।
गत भदौं २३ र २४ गते भ्रष्टाचार र सुशासन बिरुद्ध जेनजीले गरेको आन्दोलनका कारण मुलुकमा मात्र सत्ता परिवर्तन भएको उल्लेख गर्दै उनले भने, “अहिलेको निर्वाचन पुरानै ढाँचाको रहेको छ, २०८४ मा हुने निर्वाचनको मिति मात्र फरक भएको हो ।”
जेनजीले उठाएको माग पनि सम्बोधन गर्न संविधान संशोधनमा जोड दिदै डा. राउतले संविधान संशोधन भए मात्र जेनजी पुस्तासहित आदिवासी जनजाती, मुस्लिम, पिछडा वर्ग, मधेशी लगायत सिमान्कृत वर्ग सबैको अधिकार समेत सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
पछिल्लो पटकको आन्दोलनपछि अहिले जेनजी पुस्ता आफै आधा दर्जन समूहमा तथा राजनीतिक पार्टी पनि विभाजित अवस्थमा पुगेको उल्लेख गर्दै उनले यस्तै अवस्थामा निर्वाचन भए देशको दुई वटा पार्टी मिली चुनाव लडे फेरी सत्ता उनीहरुकै हातमा पुग्ने आशंका व्यक्त गरे ।
विगतमा मलुकमा विभिन्न सरकार बिदेशिकै इसारमा ढल्ने र बन्ने गरेको आरोप समेत लगाउँदै डा. राउतले आफ्नो पार्टी पनि सोही इसारामा विभाजन भएको इंगित गरे । वर्तमान संविधानमा व्यापक त्रृटी रहेको दाबी गर्दै डा. राउतले यसलाई संशोधन गर्नुपर्नेमा जोड समेत दिए ।
गत चुनावमा जनमत पार्टीले १० लाख युवालाई रोजगार दिने एजेन्डाप्रति संचारकर्मीहरुले सोधेको जवाफमा उनले भने, “यो एजेन्डा पुरा गर्न जनमत पार्टी लागिपरेको छ, यसमा केही समय लाग्न सक्छ तर, जनतासँग गरिएको वाचा पुरा गर्न आगामी निर्वाचनमा पनि यही एजेन्डा लिएर हामी अगाडी बढ्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
- 2082/08/02 जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ