News Category 2082/07/13
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १ मा प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।
प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । पक्राउ परेका तीनैजना उपर कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।
बुधबार राति करिब साढे ८ बजे शम्भुनाथ नगरपालिका १ गोबिन्दचोकस्थित एक खाजा पसलमा केही व्यक्तिहरुले ढुंगामुढा गरिरहेको जानकारी आफुलाई आएपछि प्रहरीलाई खवर गरेको वडा अध्यक्ष जिवछ साहले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट पुगेको प्रहरी टोलीले ढुंगामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर उनीहरुबाट प्रहरीमाथि नै हातपात र गिट्टी र ढुंगा प्रहार हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।
घटनामा प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका हुन् । तुलसीको टाउको, हात र घुँडामा चोट लागेको छ । उनको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ भने र रञ्जितको सामान्य उपचार गरिएको छ । घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक केसीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ