News Category 2082/07/11
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई ह्वाट्सएपमार्फत फोन गरी मोटो रकम उसुल गरेको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
ह्वाट्सएपबाट फोन गरी धम्की दिएर विभिन्न बैंक खाता मार्फत मोटो रकम ठग्ने विराटनगर महानगरपालिका वडा नं. १६ घर भएका २७ वर्षीय अभिनन्द कुमार यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
पक्राउ परेका यादवले दुई बर्षअघि ह्वाट्सएप मार्फत फोन गरेर ‘तपाईको छोरा मेरो कब्जामा छ’ भन्दै डर त्रास देखाई छोरा जस्तै व्यक्तिलाई कुटपिट गरेको भिडियो र आवाज पठाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर विभिन्न व्यक्तिबाट कुल १४ लाख ४० हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
बि.स. २०८० फागुन ६ गते मन्जु देवी सारदाबाट १२ लाख ८० हजार रुपैयाँ, फागुन ८ गते मुकेश कुमार सिंहबाट एक लाख र राज कुमारी देवीबाट ६० हजार रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा यादवलाई पक्राउ गरिएको उनले बताए ।
मन्जुलाई ह्वाट्सएपमा फोन गरेर ’तपाईको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनु’ भन्दै डर त्रास देखाई छोराजस्तै व्यक्तिलाई कुटपिट गरेको भिडियो र आवाज पठाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगेको थियो ।
यस्तै राजकुमारीलाई सोही माध्यबाट फोन गरी ‘तपाईको छोरा मलेसियामा करणी मुद्दामा फसेको छ’ भन्दै पाँच लाख रुपैयाँ मागी, ग्लोबल आईएमई बैंकको खातामा ६० हजार रुपैयाँ ठगी गरेर यादव फरार रहँदे आएका थिए ।
त्यस्तै सोही दिन मुकेश कुमार सिंहका बुवालाई फोन गरी ’तेरो छोराले सानो बच्चालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा तिम्रो छोरालाई हामीले पकाउ गरेका छौ, तिमीले आफ्नो छोराको रिहाई चाहान्छौ भने कोहि कसैलाई कुनै कुराको जानकारी नगराउनु अरुले थाहा पाए तेरो छोरालाई काटी मारी फालि दिन्छु’ भन्दै डर, त्रास र धम्की दिएर मोटो रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ