News Category 2078/05/03
वनजंगल मासिदैप्रति सबै गम्भिर बनौं
नेपाल वन जंगलले ढाकिएको राष्ट्र हो । एउटा कृषि प्रधान देश हुनुका साथै विश्वमै जलश्रोतको दोश्रो धनी पनि हो नेपाल । यो वाक्य अब किताबमै सीमित हुन पुगेको छ । बालबालिकाहरुको पाठ्यक्रममा यो वाक्यलाई अझै प्रष्ट्याइएको छ । तर, अहिले यसको यतार्थ बेग्लै छ । यो वाक्य सुन्दा जति गर्व गर्ने खालको छ, त्यसको यथार्थ उत्तिकै कष्टकर छ । नदीनालाले भरिएको देशमा किसानले पर्याप्त सिँचाई सुविधा पाएका छैनन्, हरियो वन नेपालको धन आज मासिंदै गएको छ र खेतीयोग्य हरिया खेतवारीमा खडेरी लागेको छ ।
नदीनालाहरुबाट पर्याप्त विजुली उत्पादन गरेर आफु उपयोग गर्ने र बाँकी अरु देशलाई बेच्न सकिने सामथ्र्य प्रकृतिले हामीलाई दिएको छ । तर, वर्षायाममा पनि सिँचाईको अभाव हुने गरेको छ । वनजंगल मासिंदै गइरहेको छ, वनतस्करहरु हाम्रा जंगल उजाड बनाउँदैछन् । ती तस्करहरु मध्ये हाम्रा वन रक्षकहरु पनि पर्दछन्, उनीहरुले जथाभावी र प्रतिबन्धित रुख ढालेर वन विनाश गरिरहेका छन् । खेतियोग्य जग्गामा सिँचाई हुन पाइरहेको छैन । नहर छ तर व्यवस्थित छैन । नहरको आवश्यकता छ, तर निर्माण र मर्मत भईरहेको छैन । किसानहरु वर्षा अभावका कारण जेनतेन अन्य उपायबाट केहीले आंशिक रोपाई गरेपनि सिँचाईको समुचित व्यवस्था भने गर्न सकिएको छैन । धान निर्यात गर्ने नेपालले भारतबाट आयात गर्नु परिरहेको छ । हाम्रो देशको यो अवस्था किन आयो ? यसप्रति सबै चिन्तित हुनु जरुरी छ । यसप्रति हामी सबै जिम्मेवार भएर प्रस्तुत हुनु पनि त्यतिकै आवश्यक पनि छ । हामी राजनीतिक विषयलाई मात्र प्रोत्साहन दिने गरेका छौं । के प्राकृतिक सम्पदाको सम्वद्र्धन र संरक्षणको जिम्मेवारी हामी सबै नेपालीको होइन्, हो भने आजैदेखी यसप्रति गम्भिर होऔं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ