News Category 2078/05/21
महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार भएन
ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य अवस्था अहिले पनि सन्तोषजन देखिएको छैन् । उनीहरुको स्वास्थ्य स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक छैन् । अहिले पनि ग्रामीण भेगमा महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था खासै सुधारोन्मुख छैन् । महिलालाई अहिले पनि सन्तान उत्पादन गर्ने मेशिनका रुपमा हेर्ने हाम्रा संकीर्ण आँखाहरु यथावत नै छन् ।
महिलाहरुको स्वास्थ्य स्थिति सुधार्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अनेकन प्रयासहरु भएका छन् । तर, यस्ता प्रयासहरु पूर्ण रुपमा सफल भएको देखिन्न् । सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारको धारामा प्राथमिक स्वास्थ्य सेवालाई राज्यको दायित्वको रुपमा पहिचान गरेको छ । स्वास्थ्य क्षेत्रमा महिलामाथि हुने भेदभाव विरुद्धको अधिकार प्रदान गरेको छ । महिला स्वास्थ्यका क्षेत्रमा नेपाल सरकारले गरेका प्रतिबद्धता र नीति कार्यक्रममहरु सहनीय हुँदाहुँदै पनि महिलाको प्रजनन् स्वास्थ्य अधिकार अधिकारकै रुपमा भने स्थापित हुन सकिरहेको छैन ।
अहिले पनि हाम्रा समाजमा महिलाले आफ्नो प्रजनन् अधिकार सम्बन्धि स्वतन्त्र रुपमा निर्णय गर्न सकिरहेको वातावरण छैन । सानै उमेरमा आमा बन्नुपर्ने, धेरै सन्तान जन्माउनुपर्ने, अनिच्छित गर्भधारण गर्नुपर्ने जस्ता बाध्यकारी अवस्थामा कारण नेपालमा अहिले पनि बहुसंख्यक महिलाहरु पाठेघरको समस्याबाट प्रभावित छन् । तसर्थ महिलाहरुको प्रजनन् स्वास्थ्यलाई अधिकारका रुपमा स्थापित गरी प्रजनन् स्वास्थ्य सेवामा पहुँच बढाउन सबैको सहयोग आवश्यक छ । यसप्रति सम्बन्धित निकायले सूचना तथा जनचेतनामार्फत सरोकारवाला निकायसँग हातेमालो गर्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ