News Category 2078/07/22
लौकाको मुल्य ३ सय ५० !
चाड पर्व अन्तरगत अन्तिम पर्व छठ पर्वको पूर्वसन्ध्यामा अहिले सप्तरीमा तरकारीको मुल्यमा अधिक्तम बृद्धि भएको छ । छठ पर्व अन्तरगत नहाई खाईको दिन महत्वपूर्ण मानिने लौकाको मुल्य जिल्लामा कहिले नसुनेको २ देखी ३ सय ५० प्रति गोटा रहेको छ । अन्य दिन लौकाको मुल्य सामान्यता ५० देखी १ सय सम्म रहेकोमा एक्कासी बृद्धि भएपछि उपभोक्ताहरु चकित भएका छन् ।
यसरी लौकामा भएको मुल्य बृद्धिले राजविराज हटिया बजारको सबै रेकर्ड समेत तोडेको छ । यो अस्वभाविक मुल्य हो । यसले तरकारी व्यापारीहरुको मनोमानी बढेको छ । आफ्नो खुशी मुल्य बृद्धि गरेर उपभोक्तालाई बाध्य पार्ने काम गरेको छ । छठ जस्तो पर्वमा लौकाको महत्वको फाइदा उठाएर गर्ने मनोमानीप्रति अनुगमन समिति निकम्मा बनेको छ । नाम मात्रको अनुगमन गरेर अन्य बेला जनतालाई देखाउने काम मात्र गरेको अनुमगन समितिले चाहिने बेला अनुमगन र मुल्य नियन्त्रणतर्फ ध्यान दिन नसकेको यस्ता समितिको औचित्य प्रति प्रश्न चिन्ह समेत खडा भएको छ ।
चाड पर्वको समयमा तरकारीको मुल्यलाई नियन्त्रण गर्नेतर्फ गम्भिर ध्यान पु¥याउनु आवश्यक छ । एक त चाड पर्वमा खर्च बढी हुने त्यसमा पनि तरकारीमा मुल्य बृद्धिले झनै उपभोक्ताको ढाड सेकिन्छ । तसर्थ यस्ता क्रियाकलाप प्रति बजार अनुगमन समिति समेतको गम्भिर ध्यान पुग्नु आवश्यक छ भने तरकारीको ठेकेदार भन्ने व्यवसायीहरु पनि उपभोक्ताको बजेटलाई ध्यानमा राखि सहुलियत दर तोक्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ