News Category 2082/12/16
लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरी प्रहरीले लागुऔषध र दुई मोटरसाइकलसहित चार युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले स.६प.९०३६ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका वडा नं. २ पडरियाका ३६ वर्षीय मो. मुस्ताकलाई पक्राउ गरेको हो । उनको साथबाट डाइजेपाम ७, आइपिपिएल ७ र फेनरगन ९ गरी २३ पिस निषेधित लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही लागुऔषध खरिद गर्न आएका जिल्लाकै सप्तकोशी नगरपालिका ८ ओद्राहाका २३ वर्षीय कृष्णकुमार खंग, २५ वर्षीय राजकुमार बहदार र रुपनी गाउँपालिका ६ का सितल मगरलाई समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
तीनै जना सँगै को.२९प. ६१०६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका १ घोधिदाहास्थित पूर्व–पश्चिम राजमार्गमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी लागुऔषध सम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ