News Category 2082/12/15
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाईको माग गर्दै नेकपा एमाले सप्तरीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै अध्यक्ष ओलीको रिहाईको माग गरिएको हो ।
एमाले सप्तरीका कार्यवाहक अध्यक्ष जयप्रकाश ठाकुरको नेतृत्वमा सदरमुकाम राजविराजमा प्रर्दशन पश्चात प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
प्रर्दशनका क्रममा कार्की आयोग खारेज गर, निश्पक्ष नयाँ आयोग गठन गर, गृहमन्त्री राजीनामा दे लगायतका नाराबाजी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापन पत्रमा पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको दाबीसहित तत्काल रिहाइ नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।
कार्की आयोगको प्रतिवेदनलाई प्रतिशोधात्मक भन्दै ज्ञापन पत्रमार्फत सोही आधारमा पार्टी अध्यक्ष ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु निन्दनीय कार्य भएको भन्दै तत्काल रिहाई गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ