News Category 2082/12/15
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
सप्तरी सदरमुकाम राजविराजको मुटुमा रहेको एतिहासिक राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण अवस्थामा पुगेको छ ।
तत्कालिन सगरमाथा अञ्चलकै एकमात्र पुरानो राजरंगशाला अतिजिर्ण अवस्थामा पुगेपनि त्यसको मर्मतसम्भारका लागि कसैले पहल गरेको छैन् । रंगशाला प्रवेश गर्ने द्वार तथा सात हजार दर्शक अटाउने प्यारापिट जिर्णभई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ ।
बि.स. २०३६ सालमा निर्माण गरिएको उक्त रंगशाला आवश्यक मरमत सम्भारमा कसैको चासो नदेखिएपछि खेलाडी र खेलप्रेमीमा निराशा छाएको छ । धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी जन्माएको रंगशालाको अविलम्ब संरक्षण हुनुपर्ने जिल्ला फुटबल संघ सप्तरीका महासचिव रमेश श्रेष्ठको भनाई छ ।
जिर्ण रंगशालाले जोखिम बढाएको छ भने मैदान भित्रको फोहोर मैला व्यवस्थापन हुन नसक्दा खेलाडीको अभ्यास समेत प्रभावित भएको उनी बताउँछन् । राजविराजको प्रतिष्ठासंग जोडिएको एतिहासिक रंगशाला जोखिमपुर्ण र बेहाल अवस्थामा हुनु दुर्भाग्यपुर्ण भएको भन्दै उनले यसको संरक्षणका लागि गम्भिर बन्नुपर्ने बताए ।
रंगशालाको प्यारापिट मुनी बर्षौंदेखि विभिन्न व्यक्तिले कब्जा गरेर बसोबास गरिरहेका छन् । प्यारपिटमुनी अतिक्रमण तथा संरक्षणका लागि सम्बन्धित निकायले चासो नदिदा मैदान अहिले दिशा पिसाव गर्ने, गाई बस्तु चराउने र सवारी साधन चलाउन सिक्ने थलोको रुपमा परिणत हुन थालेको छ ।
रंगशालको स्तरोन्नती योजना लिएर पटक पटक राष्ट्रिय खेलकुद परिषद तथा खेलकुद मन्त्रालय समक्ष बजेट विनियोजनको लागि पहल गरेपनि आश्वासन बाहेक केही नपाइएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टंक प्रसाद मण्डल बताउँछन् । आवश्यक बजेट उपलब्ध नहुँदा दुई विगहा सात कठ्ठा चार धुर क्षेत्रफल ओगटेको रंगशाला अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ