News Category 2078/06/23
सीमानाकामा सवारीसाधनमा रोकप्रति ध्यान पुगोस्
भारतीय भक्तजनहरु सप्तरीस्थित छिन्नमस्ता मन्दिर दर्शनका लागि नआउँदा यस पटकको दशैंमा पनि मन्दिर परिसर विगतको दुई वर्ष झै सुनसान देखिएको छ । कोरोना महामारीका कारण झण्डै डेढ वर्षदेखी भारत नेपाल सीमा बन्द रहेको अवस्थामा एक हप्ता अघि मात्र नेपाल सरकारले सीमानाकामा सवारीसाधन आवतजावतका लागि अनुमति दिएको छ । यसअघि सीमानाकामा पैदल आवतजावतमा रोक थिएन् । नेपाल सरकारले गरेको निर्णयप्रति नेपाली पक्ष सकारात्मक रहेपनि भारतीय पक्षले भने अनुदारता देखाएका छन् ।
सीमा सुरक्षाका लागि खटिएका भारतीय सुरक्षाकर्मीहरुले सीमानाकाबाट सवारीसाधन आजतजावतका लागि माथिल्लो निकायबाट कुनै जानकारी नआएको भन्दै दुबैतर्फको सवारीसाधन आवतजावतमा रोक लगाएका छन् । यसरी एउटा राष्ट्रको सरकारले सीमानाका खुल्ला गर्नु र अर्को राष्ट्रको सरकारले उक्त निर्णयप्रति अनभिज्ञता प्रकट गर्नु भनेको दुई राष्ट्रबीचको पराष्ट्र समन्वय फितलो हुनु हो । छिन्नमस्ता मन्दिर भारतीय सीमानाकासँगै जोडिएको छ । दशकौंदेखी खुल्ला सीमानाका तथा छिमेकीका कारण भारतीयहरु यस मन्दिरमा दिनहुँजसो पूजा गर्न आउने गरेका छन् । तर, दशैं जस्तो पर्वमा भारतीय पक्षले सवारीसाधन आवतजावतमा रोक लगाएर धार्मिक, साँस्कृति तथा पर्यटन क्षेत्रमा आघात पुर्याएको छ ।
तसर्थ यस समस्याको समाधानका लागि दुबै राष्ट्रले मातहातका निकायमा समन्वय गरेर सवारीसाधन आवतजावतलाई धार्मिक परियोजनका लागि खुल्ला गर्न पहल गर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ