News Category 2075/08/05
खेलकुद गतिविधीमा तिब्रता ल्याउन निकाय आफै अग्रसर हुनु जरुरी
कुनै समय सप्तरी खेलकुदको क्षेत्रमा अब्बल रहेको थियो । तर, अहिले जिल्ला सो क्षेत्रमा खासै प्रगति र उन्नती गरेको अवस्था देखिदैन् । यसको कारण के हुन सक्छ भन्ने जिज्ञास सम्पूर्ण जिल्लावासीमा अहिले उब्जिएको छ । खेलकुदको साख खस्किदै गएको प्रति सबै भन्दा पहिला राजनीतिक अस्थिरता र सम्बन्धित निकायको वेवास्ता र खेलकुद मैदानको अभाव नै बुझ्नुपर्दछ । कीन भने यस जिल्लामा राष्ट्रिय स्तरको खेलकुद हुन नसक्नु र उदयमान खेलाडीहरुलाई उचित सम्मान र सम्बद्र्धन गर्न नसक्नु हो । जिल्लामा विभिन्न खेलका खेलाडीहरु जन्मन्छन् तर, उनीहरुको क्षमता र अभिबृद्धि गराउनेतर्फ जिल्ला खेलकुद विकास समितिले ध्यान दिन सकिरहेको देखिदैन् । जसकारण आफ्नो जन्मभूमि छोडेर अर्कै स्थानलाई कर्मभूमी बनाउन उनीहरु बाध्य छन् ।
जेहोस् अहिले पनि जिल्लाको खेलकुद क्षेत्रलाई विकासतर्फ डो¥याउन सक्छौं । मात्र सम्बन्धित निकायले थारै ध्यान पु¥याउनु आवश्यक छ । खेलाडीहरुलाई सम्मान तथा उनीहरुको खेललाई प्रोत्साहन गर्न खेल अभिबृद्धि कार्यक्रमलाई उचित ढंगले परिचालन गर्नु हो । जिल्लाको सम्पूर्ण क्षेत्रबाट प्रतिभाशाली खेलाडीलाई छनौट गरि उनीहरुलाई खेलमा मात्र अब्बल बनाउन जरुरी छ । खेलाडी निर्माण भएपछि माथिल्लो निकायबाट भौतिक संरचना र खेलाडीको सामाग्रिका पहल गर्न सजिलो हुन्छ ।
तसर्थ जिल्लाको खेलकुद गतिविधीमा तिब्रता ल्याउन जिम्मेवार निकाय नै अग्रसर हुनु आवश्यक छ । अनि मात्र अन्य निकायले समेतले त्यसलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा दुई मत नहोला !
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ