News Category 2075/07/25
एक दिने सफाईले जलाशय सफा हुँदैन्, नियमित सफाईप्रति ध्यान पुगोस्
छठ पर्वको अवसरमा अहिले विभिन्न जलाशयहरुको सरसफाई धमाधम भइरहेको छ । जलाशयहरुमा वर्षभरीको जम्मा भएको फोहरहरु निकालेर सफा गर्न अहिले सबै लागिपरेका छन् । छठ पर्व जलाशयहरुमै हुने गरेकोले सरसफाई गरिँदै छ । कम्तिमा छठ पर्वको नाममा जलाशयको सफाई त भइरहेको छ । यता कुनै पनि पर्वको नाममा मात्र जलाशयको सफाई हुनु कतै न कतै बेइमानी जस्तो देखिन्छ । सरसफाई दैनिकी गर्ने कुरा हो । हामी जसरी दैनिक रुपमा शरीरदेखी घर, आङन, टोल, सडक सफाई गर्छौ त्यस्तै नै जलाशयहरुलाई सफाई गर्न सकियो भने अहिले जति महिनेत गर्दैछौं त्यती महिनेत पक्कै गर्नुपर्दैैनथ्यो होला ।
हो, सरसफाई दैनिकी जिवनको एउटा नियमित कार्य हो । यसलाई जति ध्यान दियौं भने त्यती नै निरोगि हुइन्छ । तर, नानीदेखी लागेको बानी त्यतीकै जाँदैन् । सरकारदेखी सरोकारवाला, स्थानिय निकाय लगायतले सरसफाईप्रति गम्भिर बन्दै गएको छ । तर, जति गम्भिर बने पनि मानिसले वेवास्ता पनि त्यती कै नै गरिरहेको देखिन्छ । मात्र शरीर र घर सफा गरे निरोगी बनिदैन् । जसरी अहिले छठ पर्वका लागि जलाशयहरुको सरसफाई गरिदैछ हो, त्यसरी नै सबैले आफ्नो दायित्व बुझेर सरसफाईमा ध्यान दिन सकिए भने आज जतिको महिनेत गर्न पर्दैन् ।
एक दिन सरसफाई गरेर नपुग्ने भएकोले विभिन्न जलाशयहरुलाई नियमित सरसफाई गर्न सकियो भने पक्कै नै जलाशयहरु सधैं सफा रहन्छ । तसर्थ यसका लागि सम्पूर्ण सरोकारवाला निकाय, व्यक्तिहरुले यसप्रति सचेत हुन छठ माताले सद्बुद्धि दिओस् भनी कामना गर्दछौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
- 2082/05/25 सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ
- 2082/05/24 राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी
- 2082/05/22 उच्च अदालतका पाँच कर्मचारी सम्मानित
- 2082/05/22 खोला किनारमा महिला मृत फेला, टाउँकोमा चोट लागेका पुजारी मृत्यु
- 2082/05/22 असोज २२ देखी सप्तरी महोत्सव हुँदै
- 2082/05/22 ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ