News Category 2076/03/31
“राजविराज दैनिक” २९ औं वर्षमा
आजदेखी राजविराज दैनिक २९ औं वर्षमा प्रवेश गरेको छ । यो पत्रिका अढाई दशक बढी समयदेखी सप्तरी जिल्लाबाट प्रकाशित भइरहेकोेले विगतमा निकै उतार चढाव पार गर्दै आज २९ औं वर्षमा प्र्रवेश गरेको हो । यस अवधीसम्ममा पत्रिकाले आफ्नो वेवसाइट निर्माण गरि विगत ६ वर्षदेखी पत्रिकाको सम्पूर्ण अभिलेख राख्ने व्यवस्था मिलाएको छ । जसकारण देश विदेशमा रहेको पाठकहरुले सजिलै पत्रिका पढ्न सक्ने व्यवस्था मिलाउनुका साथै प्रेस काउन्सीलको वर्गिकरणमा दुई वर्षदेखी “क” वर्गमा पर्न सफल भएको छ । यस कार्यमा सहयोग गर्ने सम्पूर्ण पाठक, बिज्ञापनदाता, शुभेच्छुककको माया, ममतालाई बिर्सिन सकिन्न् । किनभने एक्लैको प्रयासले कुनै पनि काम सफल हुन सक्दैन् र त्यसले निरन्तरता समेत पाउन सकिदैन् । हामीलाई सबैले सहयोग गरेकै कारण यत्रो लामो समयसम्मको यात्रालाई कायम राख्दै अझ् निरन्तरताको क्रममा छौं । हामीलाई विश्वास छ, यहाँहरु सबैको सहयोग र सद्भाव यसरी नै पाइरहनेछौं ।
सबैको सहयोग र सद्भावका कारण यस पत्रिकाले संचारमाध्यमहरुको प्रतिस्पर्धात्मक यूगमा जिल्लामा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । विगतको वर्षमा यस पत्रिका पाठक वर्गहरुको प्रिय पत्रिकाको स्थान ओगटन सफल भएको हामीले विश्वास राखेका छौं । आगामी दिनमा यस पत्रिकालाई अझै स्तरीय बनाउँदै, पाठकहरुको रुची अनुसारको सामग्री पस्किने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । यसका लागि यहाँहरुले समय–समयमा आफ्नो सरसल्लाह, सुझाब र प्रतिकृया दिनु नै हुनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ