News Category 2080/12/19
परिक्षा मर्यादित नहुनुमा दोषि को ?
अहिले देशैभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भईरहेको छ । यो परिक्षा हरेक वर्ष हुने गरेको छ । विगतमा यसलाई एसएलसी भनिने गरिन्थ्यो भने अहिले नाम परिमार्जन गरेर एसइई भनिन्छ । कक्षा १० का विद्यार्थीहरु यस परिक्षामा सहभागि हुन्छन् । यो परिक्षालाई विगतमा निकै महत्वका साथ हेरिन्थे । कक्षा १ देखी प्रारम्भिक शिक्षा लिएर कक्षा १० सम्म पुग्दा विद्यार्थीहरु यसलाई निकै महत्व दिन्थे । दिनरात एक गरि एसएलसीको तयारीमा जुट्थे । तर, अहिले समय परिवर्तन भएसँगै परिक्षाका साथ साथै विद्यार्थीहरु पनि परिवर्तन भएका छन् । त्यसबेला यसलाई विद्यार्थीहरुको आइरन गेट भनेर चिनिन्थे । तर अहिले यो परिक्षाको मर्यादा नै धरापमा परेको छ ।
अहिले विद्यार्थीहरु कम र अभिभावक तथा आफन्तहरु यसलाई बढी अमर्यादित गर्नेतर्फ लागेका छन् । पढ्ने विद्यार्थीले त परिक्षा मर्यादित गर्न खोज्दा पनि नपढ्ने विद्यार्थी र उनका अभिभावक तथा आफन्तहरुले यसलाई अमर्यादित गर्नेतर्फ अग्रसर भएका छन् । यस्तै परिक्षा अमर्यादित गर्नेतर्फ विद्यालय र शिक्षकहरुको पनि भूमिका कम छैन् । प्राय गरि संस्थागत विद्यालयहरु अहिले राजनीति गर्ने थलो बनेको छ । त्यसमा शिक्षकहरु त झनै राजनीति गर्न सिपालु भएका छन् । अध्यापन कम राजनीति बढी गर्ने शिक्षकहरुले विद्यार्थीहरुलाई कक्षा कोठामा विषयगत शिक्षा दिन हेलचक्राई गर्ने गरेका छन् । यतिमात्र नभएर अहिले विद्यालय ब्यवस्थापन समितिले त शिक्षक नियुक्ती गरेर कमाउ खाने भाडो नै बनाएको छ । शिक्षक नियुक्ति गर्नु सकारात्मक हो । तर शिक्षक नियुक्ति गर्दा राम्रो भन्दा हाम्रो शिक्षक कसरी नियुक्त गर्ने कुरामा बढी ध्यान दिने गर्दा विद्यालयहरुको शैक्षिक वातावरण नै धरापमा परेको छ । यता सरकारले हरेक वर्ष विद्यार्थी भर्नाको नाममा करोडौ रकम खर्च गरेर विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउन सकस गरिरहेको छ । तर सरकारले लिएको लक्ष्य अझै पुरा हुन सकेको छैन् ।
सुरुदेखी नै कक्षामा गुणस्तरिय शिक्षा दिनेतर्फ ध्यान केन्द्रित गरेमा पक्कै पनि सक्षम विद्यार्थी बन्ने कुरामा दुई मत नहोला । तर अहिले ती सबै कुरा किताबी पानामा सिमित भएको छ । तसर्थ कुनै पनि परिक्षालाई मर्यादित बनाउन विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको महत्वपूर्ण जिम्मेवारी हुन्छ । यसलाई नै मनन् गरेर शिक्षकले राम्रो अध्यापन गर्नेतर्फ ध्यान पु¥याउन सकेमा पक्कै पनि परिक्षा मात्र मर्यादित नभई विद्यार्थी पनि असल बन्न सक्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ