News Category 2080/01/02
जिल्ला प्रशासनको स्वागतयोग्य निर्णय
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको इतिहासमै कहिले नभएको निर्णय गरेर एउटा उदाहरणिय तथा ऐतिहासिक कामको नयाँ वर्षको सुरुवातसँगै सुरु गरेको छ । प्रशासन कार्यालयले बि.स. २०८० सालमा सरकारले दिने सार्वजनिक बिदाका दिन पनि सेवाहरु प्रवाह गर्ने निर्णय जनताले स्वागत गरेको छ । सो कार्यालयले बिदाका दिन पनि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ । यो सहनिय कार्य हो ।
सरकारले २०८० सालमा उभौली पर्व–चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), रक्षाबन्धन, श्रीकृष्ण जन्मष्टमी, घटस्थापना, क्रिसमस डे, उद्योली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा), ल्होसार, माघी पर्व÷माघे संक्रान्ति, सेनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिव, अन्तराष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिन दिने सार्वजनिक बिदामा पनि प्रशासन कार्यालयबाट तीनै वटा सेवा प्रवाहा हुने छ । यसरी जनतालाई तीनै वटा सेवा जुनसुकै बेला पनि चाहिने हुन्छ । यसका लागि अब कार्यालय खुल्ने दिन कुर्नु पदैन् । सार्वजनिक बिदाकै दिन जनतालाई फुर्सद हुने भएकोले अब उनीहरुले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् ।
यसरी नै मालपोत, भूमिसुधार वा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयगत कार्यालयले पनि सार्वजनिक बिदाको दिन आफ्नो सेवा प्रभाव गर्न कदम चाल्न सके पक्कै पनि जनताले राहत पाउने छन् । तसर्थ यस्ता विषयहरुप्रति अन्य कार्यालयले पनि गम्भिरतापूर्वक सोचेर निर्णय गर्न सके जनताले कहिले सास्ती व्यहोर्नु पर्ने हुदैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ