News Category 2080/11/01
समस्याको समाधान सरुवा होइन
सप्तरीका अधिकांश पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु ५÷६ महिनाको अवधीमै सरुवा हुने प्रवृती बढेको छ । जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि १८ वटा पालिकाहरु छन् । ती मध्ये राजविराज, कंचनरुप, डाक्नेश्वरी, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत, रुपनी, राजगढ, विष्णुपुर, तिलाठी कोइलाडीलगायतमा चौमासिक रुपमा अधिकृतहरु फेरिने गरिएको देखिएको छ । प्रत्येक ५÷६ महिनामै अधिकृत फेरिनु पक्कै पनि सकारात्मक पक्ष होइन् । अधिकृत फेरिनुले जनताको कामकाजका साथै विकासीय कार्य समेत प्रभावित हुन पुग्छ ।
अधिकांश पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न हुने मतभेदकै कारण ती अधिकृतहरुको सरुवा हुने गरेको पाइएको छ । कतिपय पालिकाहरुमा अहिले तोकिएको दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत नआउँदा निमित्तकै भरमा संचालन गर्नुपरिरहेको अवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरुमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाउँदा पनि जनप्रतिनिधि र ती अधिकृतबीच तालमेल नहुँदा सरुवा नै गरिने प्रवृतीले जनतामाँझ नराम्रो सन्देश दिइरहेको छ । अबको केही दिनमै विकासीय कार्यहरुका लागि विभिन्न उपभोक्ता समिति गठन तथा टेण्डर लगाउने समय रहेकोले कामकाजका लागि अख्तियारी आवश्यक पर्छ । तर, यसरी अधिकृत फेरिदै जाँदा ती कामकाजहरु पक्कै पनि प्रभावित हुनपुग्छ । यसरी कामकाज प्रभावित बन्न पुग्दा यसको प्रत्यक्ष असर विकासीय कार्यमा पर्न जान्छ । के अधिकृत फेरिदैमा पालिकाहरुमा कामकाज पारदर्शी र सक्षम भएको सन्देश दिन्छ त ! जनप्रतिनिधिहरु आफूअनुकुलको वातावरणमा कामकाज नभएकोले अधिकृतको सरुवा गर्न लागिपरेहका त होइनन् ! यो अहिले सम्पूर्ण जनताको जिज्ञास रहेको छ ।
कुनै पनि पालिकामा अधिकृतको सरुवा गरेर समस्याको निराकरण हुँदैन् । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्धको आवश्यकता पर्छ । दुबैबीच आपसी समझदारी र हातेमालोको आवश्यक छ । तसर्थ सरुवा समस्याको समाधान नभएर सहमति, सहकार्य र सम्वादको माध्यमले समस्या समाधान गर्नेतर्फ सबै पालिका अग्रसर हुनु अहिलेको आवश्यकता हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ