News Category 2080/03/28
शौचालय छ, तर, प्रयोगविहीन !
राजविराज नगरपालिका क्षेत्र भित्र चार स्थानमा शौचालय निर्माण गरिएको छ । चार वटै नगरपालिका कार्यालय वरिपरि नै । त्यसमध्ये दुई स्थानको शौचालय मात्र प्रयोगमा रहेका छन् । बाँकी दुई स्थानमा निर्माण गरिएको शौचालय प्रयोगमा आउनु अघि नै फोहर र दुर्घन्धित बनेको छ । गत आर्थिक वर्षको अन्तिम समयमा दुई वटा शौचालय निर्माण गरिएको थियो । मधेश सरकारको बजेटबाट निर्माण गरिएका दुई वटै शौचालय प्रयोगमा आउनु अघि नै प्रयोगविहीन अवस्थामा रहेका छन् । ती शौचालयको पूर्ण रुपमा काम समेत सम्पन्न भएको छैन् ।
एउटा शौचालय रंगशालाको कुनामा र अर्को नगरपालिका कार्यालयको मूल गेट अगाडी विद्यालयको झ्याल बन्द गरेर । यसरी दिर्घकालिन सोच बिना र औचित्यहीन तरिकाले निर्माण गरिएका ती शौचालयको कुनै अस्तित्व छैन् । मात्र बजेटको दुरुपयोग गरिएको देखिन्छ । यसप्रति नगरपालिकाको थोरै पनि ध्यान पुगेको देखिन्न् । बजार क्षेत्र भित्र हिडडुल गर्ने बटुवाहरु शौचालय नरहेको नगरको खुल्ला स्थान वा नालामै पिसाब गर्न बाध्य छन् । चारवटै शौचालय कार्यालय समयअवधीमा खुल्ला हुने र बन्द हुने गरेको छ ।
यता नगरपालिका क्षेत्रभित्र उचित शौचालय समेतको व्यवस्था नहुनुले झन सहर दुर्घन्धित हुँदैगएको छ । मानिसहरु शैचालयको अभावमा जताभावि दिशापिसाब गर्नाले वातावरण दुषित भइरहेको छ । सहरमा भएका सार्वजनिक शैचालयहरु जति छन् त्यो पनि सरसफाइको अभावमा दुषित भएको छ । तसर्थ नगरपालिकाले सार्वजनिक शौचालय देख्ने स्थानमा वा बढी भिडभाड हुने स्थानमा निर्माण गर्नेतर्फ गम्भिरता दिनुपर्ने अवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ