News Category 2080/03/28
शौचालय छ, तर, प्रयोगविहीन !
राजविराज नगरपालिका क्षेत्र भित्र चार स्थानमा शौचालय निर्माण गरिएको छ । चार वटै नगरपालिका कार्यालय वरिपरि नै । त्यसमध्ये दुई स्थानको शौचालय मात्र प्रयोगमा रहेका छन् । बाँकी दुई स्थानमा निर्माण गरिएको शौचालय प्रयोगमा आउनु अघि नै फोहर र दुर्घन्धित बनेको छ । गत आर्थिक वर्षको अन्तिम समयमा दुई वटा शौचालय निर्माण गरिएको थियो । मधेश सरकारको बजेटबाट निर्माण गरिएका दुई वटै शौचालय प्रयोगमा आउनु अघि नै प्रयोगविहीन अवस्थामा रहेका छन् । ती शौचालयको पूर्ण रुपमा काम समेत सम्पन्न भएको छैन् ।
एउटा शौचालय रंगशालाको कुनामा र अर्को नगरपालिका कार्यालयको मूल गेट अगाडी विद्यालयको झ्याल बन्द गरेर । यसरी दिर्घकालिन सोच बिना र औचित्यहीन तरिकाले निर्माण गरिएका ती शौचालयको कुनै अस्तित्व छैन् । मात्र बजेटको दुरुपयोग गरिएको देखिन्छ । यसप्रति नगरपालिकाको थोरै पनि ध्यान पुगेको देखिन्न् । बजार क्षेत्र भित्र हिडडुल गर्ने बटुवाहरु शौचालय नरहेको नगरको खुल्ला स्थान वा नालामै पिसाब गर्न बाध्य छन् । चारवटै शौचालय कार्यालय समयअवधीमा खुल्ला हुने र बन्द हुने गरेको छ ।
यता नगरपालिका क्षेत्रभित्र उचित शौचालय समेतको व्यवस्था नहुनुले झन सहर दुर्घन्धित हुँदैगएको छ । मानिसहरु शैचालयको अभावमा जताभावि दिशापिसाब गर्नाले वातावरण दुषित भइरहेको छ । सहरमा भएका सार्वजनिक शैचालयहरु जति छन् त्यो पनि सरसफाइको अभावमा दुषित भएको छ । तसर्थ नगरपालिकाले सार्वजनिक शौचालय देख्ने स्थानमा वा बढी भिडभाड हुने स्थानमा निर्माण गर्नेतर्फ गम्भिरता दिनुपर्ने अवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ