News Category 2079/10/06
सहिदलाई सम्पूर्ण राष्ट्रले सम्झनु पर्छ
मेधशका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विगत १५ वर्षदेखी बलिदानी दिवस मनाउँदै आइएको छ । प्रत्येक वर्ष माघ ५ गते मनाइने यस दिवसमा मधेश प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डरमा सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । तर, यस वर्ष भने मधेश प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम समेत गर्न भ्याएन् । बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित गोल चौकमा सहिदहरुलाई सम्झिने गरिन्छ । यस वर्षपनि प्रदेश सरकारमा रहेका केही दलहरुका प्रदेशसभा सदस्यहरुले फुलमाला लगाई औपचारिक्ता पुरा गरेका छन् ।
यस पटक मधेश प्रदेश सरकारले बलिदानी दिवसमा कुनै कार्यक्रम नगरे पनि प्रतिनिधिसभा सदस्य एवं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने संघीय संसदमा एक मिनेट मौनधारण गरेर सहिदहरुलाई सम्झे । आजसम्म कुनै पनि मधेश केन्द्रित दलले संघीय संसदमा बलिदानी दिवसको अवसरमा श्रद्धाञ्जली दिन नभ्याएकोमा उनले सहिदहरुको सम्मानमा आफूसहित केही संघीय सांसदलाई समेत श्रद्धाञ्जली दिन बाध्य पारे । उनको यस्तो कार्यप्रति मधेश केन्द्रित दलका नेताहरुबाटै प्रशंसा भइरहेको छ । विगत १५ वर्षदेखी संघीय संसदमा बलिदानी दिवस बारे कसैले नबोलेकोमा डा. राउतले श्रद्धाञ्जली व्यक्त गर्दै मधेशका सहिदहरुबारे सम्पूर्ण राष्ट्रले पनि श्रद्धाञ्जली दिएर सम्मान दिनुपर्ने माग समेत गरे । उनले मधेशका सहिदहरु मधेशका मात्र नभएर सम्पूर्ण राष्ट्रकै सहिदको दर्जा पाउनु पर्ने माग समेत गरे ।
सहिद भनेको कुनै एउटा समुदाय, क्षेत्र वा स्थानको नभएर सम्पूर्ण राष्ट्रका लागि ज्यानको आहुती दिने व्यक्तित्व हुन् । तसर्थ उनीहरुको बलिदानीलाई सम्पूर्ण राष्ट्रका जनताले सम्झनुपर्दछ अनिमात्र सहिदको सपना साकार हुने कुरामा दुईमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ