News Category 2079/05/22
पुनः पालो जनताको
अहिले मुलुभर निर्वाचनको माहोल बन्दै गएको छ । अबको केही दिनपछि पूर्ण रुपले मुलुक निर्वाचनमय हुदैछ । मुलुक संघीयतामा गइसकेपछि यो दोश्रो संघीय निर्वाचन हो । २०७४ सालमा पहिलो स्थानिय, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा तत्कालिन प्रदेश नं. २ हाल मधेश प्रदेशमा मधेश केन्द्रित दलहरुको दबदबा रहेको थियो । यस प्रदेशमा केही वर्ष मधेश केन्द्रित दलहरुको सरकार रहेकोमा एक वर्षअघि जसपाको नेतृत्वमा अन्य दलहरुसँग गठबन्धनको सरकार रहेको छ । पाँच वर्ष अघिको राजनीतिक माहोल अहिले पूर्ण रुपले परिवर्तन भइसकेको छ । विगतको निर्वाचनमा देखिएको परिणाम अहिले त्यसको विपरीत रहेको छ । मधेशी दलहरुबीच भएको टुटफुटका कारण मधेश प्रदेशमा ती दलहरुको पकड कमजोर देखिएको छ ।
विगतका वर्षहरुमा मुलुकमा आधा दर्जन मधेश केन्द्रित दलहरु रहेको थियो । पछि ती दलहरु एक भएर एउटा दलमा परिणत भएको थियो । तर पछि पुनः ती दलहरुमा भएको फुटका कारण अहिले मुख्यत तीन वटा दलहरु रहेका छन् । तीनै दलको मधेशी जनतामा पकड खस्किदै गएको छ । त्यसको उदाहरण हालै सम्पन्न स्थानिय तह निर्वाचनको परिणामलाई लिन सकिन्छ । यसरी मधेश केन्द्रित दलहरुबीच आपसी खिचातानको प्रवृतीले उनीहरु कमजोर हुदै गएका छन् । जसको फायदा प्रत्यक्ष रुपमा नेपाली काँग्रेसलाई पुगेको छ । हुन त राजनीतिमा स्थायी रुपमा कुनै दल कमजोर र बलियो हुँदैनन् । उनीहरुको कार्य सम्पादन, जनतामा पकड, विश्वास र काम गर्ने शैलीमा भर पर्दछ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनताले पुनः एक पटक जनप्रतिनिधि छान्न पाउनेछन् । हरेक पाँच वर्षमा नयाँ जनप्रतिनिधि छान्ने मौका जनताले पाउने प्रावधान रहेको हुँदा हाल सम्पूर्ण राजनीतिक दलहरु परिणाम आफ्नो पोल्टोमा पार्न कम्मर कसेर लागिपरेका छन् । तसर्थ आउँदो निर्वाचनमा जनता जनार्दनले आफ्नो सुजबुझका साथ मतदान गरि नयाँ सरकार बनाउने अवसरलाई सतप्रतिशत प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ