News Category 2080/07/22
युवाहरुमा क्रिकेट मोह बढ्दै
नेपालका यूवाहरुको अहिले क्रिकेटमा मोह निकै बढ्दै गएको छ । यति मात्र नभएर अहिले उनीहरु क्रिकेटमै भविष्य खोज्दै छन् । कीन पनि नहोस् नेपाली क्रिकेट टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसिसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको छ । नेपाली क्रिकेट खेलाडीहरुले गरेको राम्रो प्रयासले अहिले नेपाल विश्वमै क्रिकेटका लागि नयाँ पहिचान बनाउन सफल भएको छ ।
नेपालमा क्रिकेटको क्रेज दुई दशक बढेको हो । विगतमा मुलुकमा क्रिकेट राष्ट्र भित्र मात्र सीमित थियो । तर, अहिले नेपाली क्रिकेटहरुकै कारण अन्तर्राष्ट्रियस्तरमै आफ्नो छुट्टै पहिचान बनाउ सफल भएको छ । क्रिकेटको क्रेज सबैभन्दा बढी भारतमा देखिएको छ । अहिले भारतमा जागिर भन्दा पनि बढी क्रिकेटमै भविष्य देख्ने युवाहरु निकै अगाडी छन् । उनीहरु आफ्नो न्युनतम शैक्षिक योग्यता हासिल गरेर क्रिकेटमै ध्यान दिने गरेको देखिन्छ । नेपालमा विगतमा त्यस्तो नदेखिए पनि वर्तमान अवस्थामा क्रिकेटको क्रेज यहाँ पनि निकै देखिन थालेको छ । तर, सरकारले क्रिकेटलाई प्राथमिकतामा नराखेपनि अहिले सोही खेलका कारण नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा बढेपछि सरकार पनि सो प्रति अग्रसर भएको छ ।
यद्दपी मुलुकमा क्रिकेटका लागि गतिलो खेलमैदान नहुनु, खेलाडीलाई प्रोत्साहन नदिनु, खेलाडीको भविष्यको सुनिश्चितता नहुन लगायतका कारणले यो खेल कतै जोखिममा त पर्दैन भन्ने आंशका पनि छ । तसर्थ क्रिकेटमा भविष्य खोज्ने यूवाहरुका लागि सरकारले गम्भिर हुनु आवश्यक छ भने उनीहरुको भविष्यको सुनिश्चितताका लागि सरकार अग्रसर हुनु पनि उत्तिकै आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
- 2082/05/15 महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
- 2082/05/15 चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
- 2082/05/15 अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
- 2082/05/15 सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ