News Category 2071/10/10
प्रहरीको हस्तक्षेपबाट मोर्चाका आधा दर्जन नेता कार्यकर्ता घाइते
दैनिक संवाददाता
राजविराज, ९ माघ ।
सत्तारुढ दल र विपक्षी दलबीच शुक्रबार राजविराजमा झडप हुँदा प्रहरीले गरेको हस्तक्षेपबाट विपक्षि दलका आधा दर्जन नेता कार्यकर्ता घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै ८ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।
राजविराजस्थित गजेन्द्र चौकमा सत्तारुढ दलको सभा भइरहेको बेला एमाओवादी र मधेशी दलसहित ३० दलिय मोर्चाका नेता कार्यकर्ताहरु जनआन्दोलन चौकमा सभा सम्पन्न गरेर जान खोज्दा सो झडप भएको मोर्चाले जनाएको छ । प्रहरीले गरेको लाठी प्रहारबाट फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, एमाओवादी सचिवालय सदस्य हरि नारायण महतो, समाजवादी युवा लिगका बिन्देश्वर यादव, घाइते भएका छन् । यस्तै किसान फोरमका केन्द्रिय सदस्य बुचाई यादव, फोरम नेपालका जिल्ला सदस्य श्रीप्रसाद भगतसमेत घाइते भएका छन् ।
घाइते सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको मोर्चा प्रचार प्रसार विभागका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
फोरमका केन्द्रिय सदस्य शैलेन्द्र साहलाई हात तथा शरिरको विभिन्न भागमा चोट लागेको छ भने विद्यार्थी मञ्चका केन्द्रि अध्यक्ष किशोरको टाउँको फुटेको छ । यस्तै एमाओवादीका हरि नारायण प्रहरीको कुटाईबाट सख्त घाइते तथ अन्यहरुलाई शरिरको विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ ।
यता प्रहरीको हस्तक्षेपको बिरोधमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले शुक्रबार साँझ बिरोध जुलुस समेत निकालेका थिए ।
यसअघि स्थानिय जिल्ला प्रशासन कार्यालय सप्तरीको पहलमा सर्वदलिय बैठक बसि कुनै घटना हुन नदिन सम्पूर्ण दलहरुसँग आग्रह समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ