News Category 2078/04/11
कोरोना भाइरस संक्रमण दर बढ्दो
दैनिक समाचारदाता
काठमाडौं, ११ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस संक्रमण दर बढ्दो क्रममा रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारभन्दा एक हजार १ सय ८४ ले बढी हो । आइतबार मुलुकभर दुई हजार २ सय ३७ संक्रमित देखिएका थिए ।
यता सोमबार १७ हजार २ सय ७२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख ३८ हजार ९ सय १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या छ लाख ४५ हजार ३ सय १ पुगेको छ । नेपाल संक्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ७३८ पुगेको छ ।
मुलुकमा ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अुनसार ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/22 विपत् पूर्व तयारीमा हामी चुकेका हौं !
- 2081/01/22 सरसफाईमा जुटे सुरक्षा निकाय, अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
- 2081/01/22 आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
- 2081/01/22 अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
- 2081/01/22 महिला सशक्तिकरणको लागि छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
- 2081/01/21 चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
- 2081/01/20 प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
- 2081/01/20 जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
- 2081/01/20 अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
- 2081/01/20 मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ