News Category 2080/11/17

महाशिरात्रीको तयारी तिब्र

दैनिक समाचारदाता

महाशिरात्रीको तयारी तिब्र

दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।

    राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तिब्र रुपमा भइरहेको छ । यस वर्ष महाशिवरात्रीको अवसरमा एक लाख भन्दा बढी श्रद्धालु आउने अनुमानसहित आवशयक तयारी सुरु गरिएको हो । 
    यस पल्ट फागुन २५ गते शुक्रवारका दिन महाशिवरात्री परेको छ । विहीवार मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष धु्रव प्रसाद देवको अध्यक्षतामा वसेको बैठकले महाशिवरात्रीका दिन यस पटक एक लाख भन्दा बढी श्रद्धालु आउने विश्वासका साथ आवश्यक तयारी शूरु गरेको छ । 
    महाशिवरात्रीको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, महाआरती लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष देवले बताए । 
    मन्दिरको रंगरोगनको जिम्मा राजविराज नगरपालिकाले लिएको समितीका सदस्य संजय कुमार झाले बताए । भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवकका साथै जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था मिलाईने तयारी भएको अध्यक्ष देवले बताए । 
    मुल पुजारी महेश्वर भारतीले यस पल्ट मन्दिर परिसरमा भजन, किर्तन, अष्टयाम लगायतका धार्मिक कार्यक्रमका साथै १ लाख २५ हजार दीपप्रज्जवलन तथा महाआरती कार्यक्रमको समेत आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
    यस्तै जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वरनाथ, डाक्नेश्वरी लगायतका शिवालयहरुमा पनि महाशिवरात्रीको तयारी शूरु गरिएको सम्बद्ध मन्दिर समितीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट