News Category 2080/11/20

वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन

दैनिक समाचारदाता

वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।

    आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सार्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्षहरुले आइतवार कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । 
    कुल १२ वडा रहेको नगरपालिकाका ७ वटा वडाध्यक्षहरुले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बुझाएको हो । 
    ज्ञापनपत्र मार्फत आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्नेसहित कर्मचारीहरुको दरबन्दी मिलान गर्नु पर्ने, दुई चौमासिकको कार्यप्रगति विवरण सार्वजनिक गर्नू पर्ने, नगपालिकाको प्रशासनिक खर्च सहितको रेडबुक तथा वेवसाइडमा अभिलेख राख्नु पर्ने, १५ शैयाको अस्पताल निर्माण गर्नूृ पर्ने लगायतका ८ बुंदे माग अघि सारिएको छ । 
    वडा १ का वडाध्यक्ष जिवछ साह, २ का वडाध्यक्ष दुर्गानन्द भगत, ३ का वडाध्यक्ष नविन चौधरी, ५ का वडाध्यक्ष जामुन चौधरी, ६ का वडाध्यक्ष सचेन्द्र चौधरी, ७ का वडाध्यक्ष गोपाल चौधरी र १० का वडाध्यक्ष सत्यनारायण साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्र मार्फत तीन दिन भित्र मागँ पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ । 
    ज्ञापनपत्र मार्फत यस अघि उक्त मागहरु सम्बोधनका लागी पटक÷पटक कार्यवाहक मेयर चौधरीसँग वार्ता गर्दा रुखो ब्यवहार देखाएको उल्लेख गर्दै आपत्ती सहित त्यस्तो गल्ती सच्याउन तथा माफी माग्न समेत माँग गरिएको छ । 
    शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर दुबै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले जितको छ । मेयर जितेन्द्र प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुदा दायर गरेपछि उनी हाल निलम्बीत अवस्थामा छन् । मेयर निलम्बित भएपछि हाल उपमेयर चौधरी कार्यवाहक मेयर भई नगरपालिका चलाउदै आएकी छिन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट