News Category 2080/11/21

सहिद तथा बेपत्ता परिवार सम्मानित 

दैनिक समाचारदाता

सहिद तथा बेपत्ता परिवार सम्मानित 

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।

    दश वर्षे जनयुद्घका क्रममा सहिद तथा वेपत्ता पारिएका परिवारलाई सम्मान गरिएको हो । 
    सहिद तथा बेपत्ता परिवार समाज सप्तरीको आयोजनामा सोमबार राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
    राज्यद्वारा जनयुद्घको समयमा हत्या तथा बेपत्ता पारिएका सप्तरीका गोबिन्द चौधरी, उमेश यादव, इन्द्रदेव विश्वास, रेखा कुमारी रसाइली, सरिता कुमारी साह, रमेश राम, बिजली यादव, रामु मुखिया, राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा वेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ । 
    समाज सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा, पुर्व प्रदेस सदस्यद्वय छेदी रजक, भागवत यादव, बेचन चौधरी, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर  मधेस प्रदेस अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता, करमलाल यादव, डोमन, राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल, वडाध्यक्ष गंगा खंङ्ग लगायतका नेताहरुले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट