News Category 2080/11/23

टिपरको ठक्करबाट व्यापारी साहको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 

    सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरमा बुधबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार स्थानिय ब्यापारी अशोक साहको मृत्यु भएको छ ।
    पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र२–०१–००प९६३४ नम्बरको साह चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको  क.१ख.८६३ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
    कञ्चनरुप नगरपालिका ९ निवासी ५० बर्षिय अशोक साह रुपनगर चौकको पुराना तथा सप्तरीकै प्रतिष्ठित व्यापारी  हुन् ।
    ब्यापारी साहको मृत्यु भएको बिरोधमा स्थानीयबासी र मृतकका आफान्तहरुले २ घण्टा देखि रुपनगर चौकमा टायर बालेर  सडक जाम गरि प्रदर्शन गरेका थिए । पीडितले उठाएको माग बमोजिम टिपर  चालकलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक अवरुद्ध खुलेको छ । 
    यता कञ्चनरुप ब्यापार संघका सचिव शशी साहले शोक सन्देश जारी गर्दै बिहीबार १२ बजेसम्म व्यापार व्यवसाय बन्द गर्न अह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट