News Category 2080/11/23

प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु

दैनिक समाचारदाता

प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु

दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।

    ईलाका प्रहरी कार्यालय बोदे बरसाईन सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार कृष्ण मोहन सिंहको छतबाट लडेर मृत्यु भएको छ । 
    मंगलबार राति १० बजे ड्युटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक राति ३ः४० बजे छतबाट लडेर तल झरेका थिए ।
    ड्युटीमा रहेका सेन्ट्रीले आवाज सुनेपछि तत्कालै उपचारको लागि जीवन ज्योति हस्पिटल प्रालिमा लगेको र त्यहाँ उपचार हुने सम्भव नभएपछि राजविराजस्थित छिन्नमस्ता हस्पिटल पठाएकोमा त्यहा मृत घोषणा गरेको थियो ।
    जिल्ला सर्लाही बलरा नगरपालिका १० सिंह टोल बस्ने ३३ वर्षीय प्रहरी सहायक हवल्दार सिंहको दरबन्दी प्रहरी चौकी बिसनपुर सप्तरीमा रहेको छ । 
    जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक ढुन्डीराज नेउपानेले आफन्त आएपछि पोस्टमार्टम गराएर परिवारलाई जिम्मा लगाउने बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट