News Category 2080/11/23

कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 

दैनिक समाचारदाता

कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 

दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।

    सप्तरीको कञ्चनरुपन नगरपालिकाले बुधबार दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । 
    एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको वडा नं. २ बरमझियास्थित कभर्ड हलमा सार्वजनिक सुनुवाई  कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को प्रथम चौमासिक सम्मको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । 
    “नगरवासीसँग नगरपालिका” नारासहित शुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका सबै फाँटका प्रमुख तथा कर्मचारी, सुरक्षा निकायका प्रमुख सरोकारवाला निकाय, संचारकर्मीका साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । 
    यसरी सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्ने कञ्चनरुप नगरपालिका जिल्लाकै पहिलो पालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले बताए ।
    सो अवसरमा उनले नगरपालिकाका जनप्रतिनिधिहरुको तर्फबाट नगर विकासका खाका र साझा संकल्प व्यक्त गर्दै भावी दिनमा गर्नु पर्ने थप कार्यहरुका लागि सहभागितासँग राय सुझाव समेत संकलन गरे ।
    उनले नगरपालिकामा १५ शैय्याको अस्पताल, शित भण्डारको निर्माण, गर्भवती र विपन्न समुदायसँग मेयर, सडक विस्तार लगायतका कामका साथै शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा विकास बजेटको अधिकांश रकम खर्चिएको बताए । 
    नगरपालिकाले स्वास्थ क्षेत्रमा गरेको उत्कृष्ट कार्य तथा व्यवस्थापनका कारण जिल्लामा प्रथम र प्रदेशमा तेश्रो स्थानमा हासिल गर्न सफल भएको बताउँदै उनले बजेट छरेर सिध्याउनु भन्दा हरेक वर्ष दुई चार वटा भएपनि अति आवश्यक र ठुलो संख्यामा नगरवासीले लाभ लिन सक्ने योजनामा पुग्ने बजेट विनियोजन गर्ने सोच अनुसार अघि बढेको र यसमा सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा राखेको बताए ।
    प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले दुई आर्थिक वर्षको प्रथम चौमासिक वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरे । प्रतिवेदन नगरपालिकाले २०७९ड्ढ–स्÷८० मा १ करोड ४० लाख २९ हजार राजस्व संकलन गर्न सफल भएको उल्लेख गरिएको छ । 
    यस्तै २०८०÷८१ हालसम्ममा ४० लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रतिवेदन मार्फत जनाइएको छ । प्रतिवेदनअनुसार २०८०।०८१ का लागि कुल ७६ करोड ७० लाख २० हजार ६ सय ७८ रुपैया विनियोजन गरिएकोमा हालसम्म विभिन्न शिर्षकमा गरी २८ करोड ३५ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । उनले न्यायिक समिति मार्फत परेको ४१ मुद्दा मध्ये ३३ वटाको न्याय सम्पादन कार्य सकिएको र न्याय सम्पादनमा समेत यो नगरपालिका अब्बल रहेको बताए । 
    उनले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ नियकाय एवम् विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोतको उचित परिचान गरी विकास निर्माण र सुशासन समेतलाई गति प्रदान गरिएको बताए ।
    नगरप्रमुख गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख मुना पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिले सो अवसरमा आ आफ्ना सुझाव राखेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट