News Category 2080/11/24

जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना

दैनिक समाचारदाता

जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 

    राजविराज जेसीजले महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 
    राजविराज जेसीजको आयोजना र नेपाल परिवार नियोजन संघ सप्तरी शाखाको सहकार्यमा बिहीबार राजविराजमा उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । 
    महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुनित कुमार मुन्नाले जानकारी दिए । 
    सो कार्यक्रममा राजविराज जेसीजकी पूर्व अध्यक्ष नानीमैया कटवालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको कार्यक्रमले महिला स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने बताइन । 
    राजविराज जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष विप्लव आनन्दले महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले समाजमा एउटा बेग्लै छाप छोड्ने बताए । 
    आगामी दिनमा पनि राजविराज जेसीजले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं अगाडि बढ्ने राजविराज जेसीजका महसचिव जेसी पंकज कुमार देवले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट