News Category 2082/06/22
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले विविध कार्यक्रमसहित चार दिवसीय रजत जयन्ती मनाउने भएको छ ।
केन्द्रले मंगलवार राजविराज ८ स्थित नवनिर्मित आप्mनो कार्यालय बरदानी भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।
केन्द्रकी संचालिका एंव क्षेत्रीय निर्देशक राजयोगिनी भगवती दिदीले रजत जयन्ती समारोह अन्तर्गत असोज २२ गते २४ गते तीन दिन सम्म स्थानीय राजरंगशालामा राजयोग एवं तनाव व्यवस्थापन शिविर संचालन हुने जानकारी दिईन ।
यस्तै असोज २५ गते ¥याली एवं नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
शिविर र कार्यालय भवन उद्घाटन समारोहमा नेपालका साथै छिमेकी मुलुक भारतबाट समेत गरी ८ हजार देखी १० हजार सम्मको अतिथिहरु सहभागि हुने अनुमान गरिएको छ ।
शिविरमा सहमागी हुनेहरुलाई नेपालका राजु घले तथा भारतका प्रशिक्षकहरुबाट योग, तनाव व्यवस्थापन र प्राकृतिक चिकित्सा स्म्बन्धी प्रशिक्षण प्रदान गरिने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
असोज २५ गते शनिवार हुने केन्द्रको नवनिर्मित कार्यालय भवन (वरदानी भवन) को मुख्य अतिथी ब्रंह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राजदादी आमा र सिमाञ्चल सवजोनका प्रभारी राजयोगिनी किरण दिदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रका मिडिया प्रभारी दिनानाथ यादवले जानकारी दिए ।
उनले सोही दिन नगर क्षेत्रमा बृहत ¥यालीको आयोजना गरिने जानकारी समेत दिए । पत्रकार सम्मेलनमा ब्रह्माकुमारी रञ्जु दिदी, भारत माउन्टआबुका सदानन्द भाइजी लगायतले पनि कार्यक्रमबारे जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ