News Category 2082/06/22
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले विविध कार्यक्रमसहित चार दिवसीय रजत जयन्ती मनाउने भएको छ ।
केन्द्रले मंगलवार राजविराज ८ स्थित नवनिर्मित आप्mनो कार्यालय बरदानी भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।
केन्द्रकी संचालिका एंव क्षेत्रीय निर्देशक राजयोगिनी भगवती दिदीले रजत जयन्ती समारोह अन्तर्गत असोज २२ गते २४ गते तीन दिन सम्म स्थानीय राजरंगशालामा राजयोग एवं तनाव व्यवस्थापन शिविर संचालन हुने जानकारी दिईन ।
यस्तै असोज २५ गते ¥याली एवं नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
शिविर र कार्यालय भवन उद्घाटन समारोहमा नेपालका साथै छिमेकी मुलुक भारतबाट समेत गरी ८ हजार देखी १० हजार सम्मको अतिथिहरु सहभागि हुने अनुमान गरिएको छ ।
शिविरमा सहमागी हुनेहरुलाई नेपालका राजु घले तथा भारतका प्रशिक्षकहरुबाट योग, तनाव व्यवस्थापन र प्राकृतिक चिकित्सा स्म्बन्धी प्रशिक्षण प्रदान गरिने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
असोज २५ गते शनिवार हुने केन्द्रको नवनिर्मित कार्यालय भवन (वरदानी भवन) को मुख्य अतिथी ब्रंह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राजदादी आमा र सिमाञ्चल सवजोनका प्रभारी राजयोगिनी किरण दिदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रका मिडिया प्रभारी दिनानाथ यादवले जानकारी दिए ।
उनले सोही दिन नगर क्षेत्रमा बृहत ¥यालीको आयोजना गरिने जानकारी समेत दिए । पत्रकार सम्मेलनमा ब्रह्माकुमारी रञ्जु दिदी, भारत माउन्टआबुका सदानन्द भाइजी लगायतले पनि कार्यक्रमबारे जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
- 2082/08/02 जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ