News Category 2082/06/22
“सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
दुवै समुदायबीचको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा सर्वपक्षिय–सर्वदलिय बैठक बसेको छ । बैठकमा सो विवादित सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने र भएका निर्णय दुवै पक्षले मान्ने सहमति भएको छ ।
सार्वजनिक जग्गाको सम्बन्धमा साविकमा भएका निर्णय अनुसार उक्त स्थानमा निर्माणाधीन अवस्थामा रहेका ठोस संरचना राजबिराज नगरपालिकाले बुधबार हटाउने तथा उक्त स्थानमा राखेका सवारीसाधन लगायत अन्य सबै प्रकारका सरसामानहरु व्यक्तिको भए व्यक्ति स्वयमले हटाउने र सामाजिक सद्भाव तथा एकताको वातावरणलाई कायम राख्दै हाल उक्त स्थानमा मनाउन लागेको लक्ष्मी पुजा समेत अन्यत्र ठाउँमा सारी मनाउने निर्णय भएको छ ।
त्यस्तै कुनै पनि किसिमको धर्म सम्प्रदायका नागरिकहरुले आफ्नो धर्म सम्प्रदायसँग सम्बन्धित जग्गा रहेको हो भनि आफ्नो हक अधिकार प्रयोग नगर्ने, साथै उक्त स्थानमा कुनै पनि धर्म सम्प्रदायसँग झल्किने खालको झण्डा नराख्ने र राखेको भए सोही समुदायका व्यक्तिहरु आ–आफ्नो झण्ड तत्कालै हटाउने निर्णयमा भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ