News Category 2082/10/27
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले चुनावले चुनाव होइन चुनावले काँग्रेसलाई खोजेको बताएका छन् ।
कार्यकर्ता भेंटघाट तथा अन्तरक्रिया गर्न मंगलबार सप्तरी आइपुगेका उनले यस्तो बताएका हुन् । उनले जेनजी पुस्ताको माग सम्बोधनका लागि निर्धारित समय भन्दा पहिले चुनाव भएको भन्दै माघ १ पछी नेपालमा काँग्रेस नै नयाँ पार्टी भएर उदय भएको दाबी समेत गरे । उनले आफु मधेशको नेता बन्न नभएर बेटा बन्न मधेशमा आएको समेत बताए ।
सप्तरीको निर्वाचन क्षेत्र नं. ३ स्थित शम्भुनाथ नगरपालिकाको कठौना बजारमा आयोजित कार्यकता भेटघाटलाई सम्बोधन गर्दै उनले चुनावपछि बन्ने काँग्रेसको सरकारले भ्रष्टाचारविरुद्ध लाग्ने दावी गर्दै निर्वाचनपछि बन्ने काँग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको काम विवरण समेत सार्वजनिक गर्ने उद्घोष गरे ।
विगतमा मधेशले काँग्रेसलाई धेरै गुण लगाएको भएपनि हामी केही कुरामा चुकेको हुँदा त्यसको हिसाव किताव गरेर मधेशप्रति आफुलाई समर्पित गर्न यहाँ आएको उल्लेख गरे ।
यसअघि उनले क्षेत्र नं. १ स्थित कञ्चरुप नगरपालिकामा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै काँग्रेसको सभापति भएर देशको नेतृत्व गर्ने हो भने एकपटक मधेशको नेतृत्व गरेर मात्रै सम्भव हुने धारणा राखे ।
“मधेशको नेतृत्व गरे मात्रै देशको नेतृत्व सम्भव छ” भन्नुभयो,“काँग्रेस नेतृत्वको सरकारले सिंहदरबारमा काम गर्दै गर्दा मधेशको बारे सोचेर काम गर्नेछ ।” उनले भने, “देश चलाउन केवल जोश भएर नहुने भन्दै उहाँले, सुझबुझ, प्रतिज्ञा, करुणा, दया पनि आवश्यक छ ।”
सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार समेत रहेका उनले अहिलेको निर्वाचन योजना र सोचे अनुसारको नभएर जेनजी आन्दोलनको उपज भएकाले युवाहरुको माग सम्बोधन गर्न काँग्रेस बदलिएर आएको र देशपनि काँग्रेसले नै बदल्ने दावी गरे ।
संविधानलाई तलमाथि हुन नदिने र संविधान भित्र सबैलाई मिलाएर लैजान काँग्रेस प्रतिबद्ध रहेको बताउँदै संविधानलाई संशोधन गरेर प्रदेश लगायत सबै वर्ग समुदायको अधिकारलाई थप बलियो बनाउने उद्घोष गरे ।
सभापति थापा सप्तरीको क्षेत्र नं. १ अन्तर्गत कंचनरुप नगरपालिका, क्षेत्र नं. ३ अन्तर्गत रुपनी, शम्भुनाथ नगरपालिका स्थित कठौना र क्षेत्र नं. ४ अन्तर्गत सुरुङा नगरपालिकामा कार्यकर्ता भेटघाट गरेका छन् ।
कार्यक्रममा काँग्रेसबाट निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रामदेव साह, क्षेत्र नं. २ का उम्मेदवार रामकुमार यादव, क्षेत्र नं. ३ का उम्मेदवार दिनेश कुमार यादव र क्षेत्र नं. ४ का उम्मेदवार तेजुलाल चौधरीसहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ