News Category 2082/12/09
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
भारतबाट भन्सार छलि तथा चोरी पैठारी गरि मोटरसाइकलबाट नेपाल ल्याउदै गरेको विभिन्न किराना सामानहरु सप्तरी प्रहरीले बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा भन्सार छलि तथा चोरी पैठारी गरि ल्याउदै गरिएको १ लाख ८२ हजार ९ सय मुल्य बराबरको मोटरसाइकल र किराना समान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बोरा लोड भएको नम्बर प्लेट नभएको मोटरसाईकललाई रोक्न खोज्दा सो मोटरसाइकल छाडी मानिस फरार भएको प्रहरीले जनाएको छ ।
मानिस फरार भएकोमा बेवारिसे अवस्थामा रहेको मोटरसाईकलमा लोड गरेको बोरा खोली चेकजाँच गर्दा सो भित्र विभिन्न किराना सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाईकल र किराना सामानहरु प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाईएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ