News Category 2082/12/09
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजविराज नगरपालिका क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्यसम्बन्धमा राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।
जेन–जेड युवा नेताहरु तथा सामाजिक अभियान्ताहरुले सोमबार नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन र प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेललाई सो सम्बन्धमा ज्ञापन पत्र बुझाएका हुन् ।
आधारभूत स्वास्थ्य र सरसफाइलाई स्थानीय तहको एकल अधिकारभित्र स्पष्ट रूपमा समेटिए पनि राजविराज नगरपालिका क्षेत्रभित्र लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्य हालसम्म प्रभावकारी रूपमा सञ्चालन नगरिएकोले सर्वसाधारण नागरिकहरू डेंगु, मलेरिया लगायतका गम्भीर रोगको जोखिममा परिरहेको ज्ञापन पत्रमा जनाइएको छ ।
राजविराज नगरपालिका कार्यालयद्वारा लामखुट्टे नियन्त्रणका लागि थर्मल फगिङ मेसिन रसोल्जर माउण्टेड २ सेट, थर्मल फगिङ मेसिन भेकिल माउण्टेड २ सेट तथा डेल्टामेथ्रिन १.२५५ युएलभी कीटनाशक औषधि १६७.२० लिटर खरिद गरिएको ज्ञापनमा उल्लेख गर्दै यस्ता सामग्री खरिद भइसकेपछि पनि फिल्डमा प्रभावकारी रूपमा औषधि छर्किने कार्य नदेखिनु थप गम्भीर विषय बनेको ज्ञापन पत्रमा उल्लेख छ ।
बुझाइएको ज्ञापनमा “गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले दिएको तथ्याङ्कमा चालु आ.ब. २०८२÷८३ मा गरिएको परीक्षणमा २४ जना डेंगु संक्रमित फेला परेको तथ्यले वर्तमान अवस्थाको गम्भीरता अझ स्पष्ट रूपमा देखाएको उल्लेख छ । जसकारण नगर क्षेत्रमा लामखुट्टे नियन्त्रण सम्बन्धी कार्य अत्यन्त कमजोर रहेको र जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम उत्पन्न भएको पुष्टि गर्दछ ।” उल्लेख छ ।
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्य किन नगरिएको तथा यस कार्यमा ढिलाइ हुनुका वास्तविक कारणहरू के हुनु र वर्तमान गम्भीर अवस्थालाई ध्यानमा राख्दै तत्काल प्रभावकारी नियन्त्रणका लागि के कस्ता ठोस कदमहरू चालिनेछन् भन्ने विषयमा सम्बन्धित राजविराज नगरपालिकाबाट स्पष्ट, लिखित र तथ्यपरक स्पष्टीकरण उपलब्ध गराइदिन अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ