News Category 2082/12/10
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
सडक मापदण्डका परेका जग्गामा निर्माण गरिएका संरचनाहरु मंगलवारदेखी राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
नगरको हनुमान मन्दिरदेखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत नगरपालिकाले आग्रह गरेको थियो ।
तर संचरना भत्काउन अटेर गरेको र सडक तथा नाला निर्माणमा ढिलाई हुन थालेपछि डोजर लगाएर ती संरचनाहरु भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बीच सडको ९÷९ मिटर दायाँ र बाँया गरी १८ मिटर भित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।
उक्त सडक स्तरोन्नती र सौन्दर्यकरण कार्यको सडक डिभीजन कार्यालय लहानबाट टेण्डर भई निर्माण कार्य सूरु गर्नु पर्नेमा साईट क्लियरेन्स नहुदाँ समस्या उत्पन्न भएको उनको भनाई थियो ।
यसरी डोजर चलाउँदा केही स्थानीयले विरोध गरेका थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले भोटको राजनीति नगर्न तथा विकासका काममा राजनीतिक स्वार्थ भन्दा माथी उठेर सबैलाई सहयोग गर्न आग्रह गरेकी थिइन । उनले सडक चौडा र सौन्दर्यकरण कार्य सकिएपछि १०÷२० जनाले मात्र होइन सिंगो नगरवासी नै लाभान्वित हुने बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ