News Category 2082/12/10
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
राजविराज नगरपालिकाले मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्देशिकाको ख्याल गर्दे लामखुट्टे विरुद्धको विषादी (औषधी) छर्किन नसकिएको स्पष्ट पारेको छ ।
मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि सो विषय बारे स्पष्ट पारेको हो ।
नगरक्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएको तथा नियन्त्रणका लागि अविलम्ब विषादी छर्किनुपर्ने जनस्तरबाट गुनासो र दवाव बढ्न थालेपछि नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी यस बिवषयमा स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा कार्यबाहक नगरपं्रमुख इसरत परवीनले लामखुट्टे नियन्त्रण प्रभावकारी बनाउन मुख्य सडक, गल्ली तथा नालाहरुको सरसफाईमा विशेष ध्यान दिईने तथा जथाभावी फोहर फाल्नेलाई जरीवानाको दायरामा ल्याउने जानकारी दिईन् ।
जेनजी आन्दोलनका क्रममा सरसफाईमा प्रयोग हुने सबै सबारी साधन जलेर नष्ट हुँदा अहिले भाडामा लिएर भएपनि सरसफाईमा दैनिक १५ वटा ट्याक्टर प्रयोग गरिएको जानकारी दिइन् । उनले निकट् भविष्यमै थप सवारी साधन प्रयोग गर्ने गरी खरिद प्रक्रियाको तयारी थालिएको समेत बताईन् ।
नगरको फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाबाट समय समयमा घरघर र पसल पसलमा डस्टबीन वितरण गरिएपनि सम्बन्धित व्यक्तिबाट त्यसको उचित सदुपयोग हुन नसक्दा चुनौती थपिएको उनको भनाई छ ।
उनले लामखुट्टे विरुद्धको विषादी छर्किन जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरेको भएपनि कुनै महामारी बगैर त्यस्तो विषादी छर्न नमिल्ने भनि जवाफ आउँदा रोकिएको स्पष्ट पारिन ।
त्यस्ता विषादीले मानव स्वास्थ्य तथा वातावरणीय अवस्थामा समेत असर पार्ने भएकाले अन्य विकल्पमा जानुपर्ने बाध्यता रहेको उनले सुनाईन् ।
पत्रकार सम्मेलनमा नगर स्वास्थ्य शाखाका प्रमुख कामेश्वर यादवले कालाजार, मलेरिया र औलो जस्ता रोगको महामारी विना यस्ता विषादी छर्नु जनस्वास्थ्य तथा मन्त्रालयको निर्देशिका विपरित हुने भएकाले लामखुट्टेको प्रजनन स्थललाई नै सरसफाईको माध्यमले नष्ट गरिनु उपयुक्त उपाय भएको बताए ।
नगरपालिकाका योजना अधिकृत मनोज यादवले नगरको फोहोर मैला व्यवस्थापन तथा लामखुट्टेको प्रकोप नियन्त्रणका लागि सरसफाई नै मुख्य उपाय भएको भन्दै यसका लागि टोल टोलमा टोल सुधार र टोल विकास समिति गठन गरी कडाईका साथ अनुगमन गरिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ